विश्व

बंगलादेशमा डेङ्गुका कारण जुलाईमा दुई सयभन्दा बढीको मृत्यु

इकागज | साउन १६, २०८०

ढाका - बंगलादेशका स्वास्थ्य अधिकारीहरूले सोमबार थप चार जनाको डेङ्गुका कारण मृत्यु भएको पुष्टि गरेका छन् ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले सार्वजनिक गरेको तथ्यांकअनुसार देशभर यो वर्ष हालसम्म डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्या २५१ पुगेको छ भने सङ्क्रमितको सङ्ख्या ५१ हजार ८३२ पुगेको छ ।

लामखुट्टेको टोकाइबाट सर्ने यो रोग गत असारमा पाँच हजार ९५६ जनामा सङ्क्रमण भएको देखिएको थियो । जुलाईमा सङ्क्रमित सङ्ख्यामा थप ४३ हजार ८५४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

स्थानीय समयअनुसार सोमबार बिहान ८ बजेसम्म पछिल्लो २४ घण्टामा ढाकामा एक हजार १६८ सहित दुई हजार ६९४ जना नयाँ डेङ्गुका बिरामी फेला परेका छन् ।

यस वर्षको जनवरीदेखि जुलाईसम्म देशभरका विभिन्न अस्पतालबाट उपचार गराएर ४२ हजार १९५ जना डेङ्गुका बिरामी घर फर्केका छन् । डेङ्गुको बढ्दो सङ्ख्यासँग जुध्न बङ्गलादेशका स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको प्रजनन रोक्न र लार्भा विरोधी अभियान सञ्चालन गर्न उपायहरू कडा पारेका छन् ।
 

आइएसले लियो ५४ जनाको ज्यान जाने पाकिस्तानको आत्मघाती हमलाको जिम्मेवारी

इकागज | साउन १६, २०८०

इस्लामबाद- इस्लामिक स्टेट समूहले पाकिस्तानको बाजौर आत्मघाती विस्फोटको जिम्मेवारी लिएको छ । सोमबार भएक...

फोक्सोको क्यान्सरको उपचार गर्ने रोबोट निर्माण : भन्छन्- उपचारमा नयाँ क्रान्ति

इकागज | साउन १६, २०८०

लन्डन- युनिभर्सिटी अफ लीड्सका वैज्ञानिकहरूले फोक्सोको क्यान्सरको उपचारमा ठूलो उपलब्धि हासिल गरेका छन्।&nbs...

युक्रेनी राष्ट्रपतिको गृहनगरमा रुसी आक्रमणमा, चारको मृत्यु दर्जनौँ घाइते

इकागज | साउन १६, २०८०

किभ- युक्रेनमाथि रुसी आक्रमण हुदाँ चार जनाको मृत्यु भएको छ भने झन्डै पाँच दर्जन मानिस घाइते भएका छन् ।&...

काठमाडौँबाट दिल्लीका लागि उडेको अपहरित विमानका चालक भन्छन्ः विमानस्थलको सुरक्षाका लागि बेग्लै बल चाहिन्छ

इकागज | साउन १५, २०८०

नयाँदिल्ली - शुक्रबार अपराह्न सन् १९९९ को डिसेम्बर २४ मा काठमाडौँबाट नयाँदिल्लीका लागि उडेको एयर इ...

नाै घण्टा लामाे उडानमा जब आमाछोरीमाथि निरन्तर यौन दुर्व्यवहार भयाे

इकागज | साउन १५, २०८०

न्यूयोर्क। अमेरिकामा डेल्टा एयरलाइन्समा यात्रा गर्दा एउटी महिला र उनकी १६ वर्षीया छोरीका लागि कष्टदायी सम...

नाइजरमा सैन्य विद्रोहः पश्चिमी अफ्रिकी देशले लगायाे आर्थिकदेखि यात्रा प्रतिबन्धसम्म

इकागज | साउन १५, २०८०

नियामे। अफ्रिकी देश नाइजरमा सेनाले आफूले विद्रोह गरेको र राष्ट्रपति मोहम्मद बाजुमको सरकारलाई ध्वस्त पारे...