विश्व

कोभिडभन्दा खतरनाक भाइरस अमेरिकाबाट फैलने वैज्ञानिकहरूको दाबी

इकागज | साउन ८, २०८०

न्युयोर्क- चीनको वुहानपछि अब अमेरिकाको मासु बजारबाट कोभिड–१९ भन्दा पनि घातक विश्वव्यापी महामारी फैलिने खतरामा छ । हार्वर्डका वैज्ञानिकहरूले आफ्नो एक रिपोर्टमा यस्तो दाबी गरेका छन् ।

उनीहरुको प्रतिवेदन अनुसार मानव, जनावर र जङ्गली जनावरको आपसी सम्पर्कका कारण यसको जोखिम बढ्ने उल्लेख गरिएको छ । यो प्रतिवेदन हार्वर्ड ल स्कूल र न्यूयोर्क विश्वविद्यालयले सार्वजनिक गरेको हो।

हार्वर्ड ल स्कूल र न्यूयोर्क विश्वविद्यालयको एक रिपोर्टमा भनिएको छ कि धेरै अमेरिकीहरू प्रायः सोच्छन् कि उनीहरूको देशमा यो हुन सक्दैन तर यस देशका नियमहरू यति कमजोर छन् कि एक भाइरस वा अर्को संक्रामक रोग अमेरिकामा जनावरहरूबाट मानिसमा सजिलै सर्न सक्छ।

प्रतिवेदन तयार गर्ने टोलीका सदस्य एन लिन्डरले भने कि, त्यहाँ वास्तवमै सुरक्षाको गलत भावना र आनुवंशिक रोग अन्यत्र अवस्थित छ र अमेरिकामा हुन सक्दैन भन्ने निराधार विश्वास छ।

हार्वर्ड ल स्कूल र न्यूयोर्क विश्वविद्यालयका रिपोर्टहरूले पनि जोखिमका धेरै बिन्दुहरूको बारेमा औल्याएका छन् । पशुको आयात निर्यातको क्रमसँगै यस अवधिमा लाखौं जनावरहरू एकअर्का र तिनीहरूका ह्यान्डलरहरूको सम्पर्कमा आउँछन्। यस कारण जंगली जनावरबाट कुनै पनि संक्रमण सजिलै मानिसमा प्रवेश गर्न सक्छ।

एन लिन्डरले भने कि प्रत्येक वर्ष लगभग २२ करोड जिवित जंगली तथा घरपालुवा जनावर र अन्य उद्देश्यका लागि अमेरिकामा आयात गरिन्छ। कसैले कुकुर वा बिरालोलाई अरु देशमा ल्याउनुपर्ने हो भने प्रक्रियामा सामेल हुनुपर्छ । तर, एक आयातकर्ताले सजिलो नियमको साथ दक्षिण अमेरिकाबाट १०० जंगली स्तनपायी सजिलै ल्याउन सक्छ।

पशु आयात र निर्यातमा सजिलो कानुनका कारण अमेरिकामा कोभिडभन्दा खतरानाक भाइरस उत्पन्न हुने र त्यो तिब्रताका साथ फैलने ती बैज्ञानिकहरुको दाबी छ । 

अफगानिस्तानमा बाढी : मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो, ३५ जना अझै वेपत्ता

इकागज | साउन ८, २०८०

काबुल- अफगानिस्तानको मध्य भागमा मुसलधारे वर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ...

कम्बोडिया निर्वाचन : सीपीसीको एकल बहुमत, हुन सेनका छोरा प्रधानमन्त्री बन्दै

इकागज | साउन ८, २०८०

काठमाडौँ- कम्बोडियाका प्रधानमन्त्री हुन सेनको कम्बोडियन पिपुल्स पार्टी (सीपीपी) ले राष्ट्रिय चुनावमा ठूलो ...

कस्तो छ इजरायली प्रधानमन्त्री नेतन्याहूको स्वास्थ्य अवस्था ?

इकागज | साउन ८, २०८०

जेरूसेलम- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको पेसमेकर प्रत्यारोपणका लागि गरिएको शल्यक्रियापछि चिक...

'प्रोफेशनल गर्लफ्रेण्ड'को तीन हजार 'ब्वाइफ्रेण्ड', दैनिक कमाउँछिन् लाख

इकागज | साउन ७, २०८०

अमेरिका- पैसा कमाउनको लागि मानिसहरूले अचम्म अचम्मको काम गर्छन । कतिपयले सर्टकट माध्यमबाट धनी बन्नको लाग...