विश्व

दलाई लामा र चीन सरकारबीच अनौपचारिक संवाद सुरू

इकागज | साउन ७, २०८०

नयाँदिल्ली- चीनले हालै तिब्बतका धार्मिक नेता दलाई लामासँग सम्पर्क गरेको छ। 

साउथ चाइना मर्निङ पोस्टका अनुसार दलाई लामाले करिब एक साताअघि चिनियाँ नेताहरूले आफूसँग सम्पर्क गरेको बताएका थिए। यद्यपी, यो कहिले भयो र चीनसँग के वार्ता भयो ? त्यो भने उनले खुलाउन चाहेनन् । 

दलाई लामाले यसअघि आफू वार्ताका लागि सधैं तयार रहेको बताए पछि चीन सरकारले सम्पर्क गरेको बताइएको छ । 

दलाई लामाले भारतमै बसेर ‘तिब्बत सरकार’ चलाईरहेका छन । । यसलाई तिब्बतको निर्वासन सरकार पनि भनिन्छ। हालै यो सरकारकी मन्त्री नोर्गिन डोल्मा जापान भ्रमणमा गएकी छन् । त्यहाँ उनले चीनले दलाई लामासँग अनौपचारिक रूपमा ब्याकडोर वार्ता गरिरहेको र यो निकै महत्त्वपूर्ण रहेको पनि पुष्टि गरेका थिए । दलाई लामाले आफ्नो जीवनकालमा तिब्बतको समस्याको समाधान खोज्नेमा हामी सबै सहमत छौं भन्ने सन्देश निरन्तर दिएपछि चीन सम्पर्कमा आएको हुन सक्ने जनाईएको छ ।

यसअघि आफ्नो जन्मदिनको अवसरमा दलाई लामाले भनेका थिए- ‘चीन अब परिवर्तन हुँदैछ र म उनीसँग कुरा गर्न तयार छु । मलाई भेट्न चाहनेले तिब्बतको समस्या समाधान गर्न आउन सक्छन् । हामी पूर्ण स्वतन्त्रता चाहँदैनौं। धेरै वर्ष पहिले हामीले निर्णय गर्यौं कि हामी चीनको हिस्सा रहनेछौं।’

अहिले चीनले पनि तिब्बती जनताको मनोबल निकै बलियो भएको महसुस गरेको उनले जनाएका छन् । ‘त्यसैले अब तिनीहरू संबाद गर्नका लागि मसँग आउने छन भन्नेमा म बिश्वस्त छु ।’

'प्रोफेशनल गर्लफ्रेण्ड'को तीन हजार 'ब्वाइफ्रेण्ड', दैनिक कमाउँछिन् लाख

इकागज | साउन ७, २०८०

अमेरिका- पैसा कमाउनको लागि मानिसहरूले अचम्म अचम्मको काम गर्छन । कतिपयले सर्टकट माध्यमबाट धनी बन्नको लाग...

न्यायिक सुधार विधेयकको विरोधमा इजरायलमा इतिहासकै विशाल प्रदर्शन

इकागज | साउन ७, २०८०

जेरूसलम- इजरायलमा न्यायिक सुधार विधेयकको विरोधमा ठूलो संख्यामा प्रदर्शनकारीले र्‍याली निकालेका छन् ...

युक्रेनको खाद्य भण्डारमा रूसको आक्रमण जारी, विश्वमा खाद्य संकट निम्तिने खतरा

इकागज | साउन ७, २०८०

मस्को- अन्न सम्झौताबाट बाहिरिए लगत्तै रूसले युक्रेनबाट अनाज आपूर्ति रोक्न लगातार तीन दिन देखी ब्ल्याक सी ब...

सेनाको चरित्र हत्या गरेको भन्दै पत्रकार तेजपाललाई दुई करोड क्षतिपूर्ति भर्न आदेश

इकागज | साउन ६, २०८०

नयाँ दिल्ली - दिल्ली उच्च अदालतले तेहेल्काल डटकमका पत्रकार तरुण तेजपाल, अनिरुद्ध भेल, म्याथ्यु सामुए...

इराकमा भत्काइयो तीन सय वर्ष पुरानो मस्जिदको मीनार, सम्पदा भत्काउने कार्यको विरोध

इकागज | साउन ६, २०८०

बग्दाद- इराकमा सडक फराकिलो बनाउन तीन सय वर्ष पुरानो मस्जिदको मीनार भत्काइएको छ ।   सो मस्जिदको...