विश्व

बेलायती व्यापारीको अपहरण आरोपमा भारतीय मूलका तीन जनालाई ४५ वर्षको जेल सजाय

इकागज | असार ३१, २०८०

लन्डन- इङ्गल्याण्डको वेस्ट मिडल्याण्ड क्षेत्रको वोल्भरह्याम्प्टन सिटी सेन्टरमा एक उद्योगपतिलाई अपहरण गरेको अभियोगमा भारतीय मूलका दुई दाजुभाइ र एक सहयोगीलाई ४५ वर्षको जेल सजाय सुनाइएको छ । 

उक्त मुद्दामा बलजित बगराल (३३), उनका भाइ डेभिड बगराल (२८) र २२ वर्षीय शानुलाई दोषी ठहर गरिएको थियो । गत वर्ष नोभेम्बरमा काम सकेर कारतर्फ जाँदै गर्दा पीडितलाई तीनै जनाले अपहरण गरेका थिए ।

बलजीत बगराल र उनका भाइ डेभिड बगरालले पीडितलाई भ्यानमा राखेर आँखामा पट्टी बाँधेर पसलमा लगेका थिए । उनीहरुले उनको टाउकोमा पेस्तोल हानेर ज्यान मार्ने धम्की दिए । गत महिना वोल्भरह्याम्प्टन क्राउन कोर्टले एक परीक्षण पछि तीनै जनालाई दोषी पाइएको थियो र यस हप्ता भाइहरूलाई प्रत्येक १७ वर्षको सजाय सुनाइयो भने तिनीहरूको साथीलाई १४ वर्ष र चार महिनाको सजाय सुनाइएको थियो । 

वोल्भरह्याम्प्टन क्राउन कोर्टमा प्रमुख अपराध अनुसन्धान टोलीका डिटेक्टिभ कन्स्टेबल ड्यान डेभिडले भने कि पुरुषहरूले पीडितलाई घण्टौं भयानक यातना दिए र मार्ने धम्की दिएको खुलेको थियो ।  डेभिडले  ठूलो रकम असुल्ने उद्देश्यले अपहरणको योजना बनाएकाले अब उनी सबैलाइ जेल सजाय भोग्नुपर्नेछ ।

पीडितलाई घण्टौंसम्म बन्धक बनाएर करिब ३० लाख फिरौती लिएर रिहा गरिएको प्रहरीले जनाएको छ । त्यसपछि अपहरणकारीको चंगुलबाट छुटेपछि उद्योगीले प्रहरीलाई सहयोगको लागि बोलाएका थिए ।

वेस्ट मिडल्याण्ड्स पुलिसले अपहरणकर्ताहरू पत्ता लगाउन मोबाइल फोन डाटा प्रयोग गरेका थिए । यसपछि बलजीतको फोनमा रोबर्स ग्याङ नामको समूह च्याट पनि ट्रेस भएको थियो ।

डेभिड बगराललाई अक्टोबर १८ मा ल्यान्सफिल्डको गान्ज रोडमा रहेको उनको घरबाट पक्राउ गरिएको थियो भने बलजीत साइप्रसबाट फर्किने क्रममा बर्मिंघम एयरपोर्टबाट पक्राउ परेका थिए ।

फ्रान्सेली राष्ट्रपति म्याँक्रोलाई पठाइएको पार्सलमा काटिएका औँला फेला, प्रहरी जाँच सुरु

इकागज | असार ३१, २०८०

पेरिस- फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोको आधिकारिक निवासमा काटिएका मानव औंलाहरू भएको पार्सल प्राप्त...

जब अदालतले भन्याे- 'युवतीकाे प्राइभेट पार्टस्‌मा १० सेकेन्ड छाेएकाे अपराध होइन'

इकागज | असार ३०, २०८०

रोम । यौन दुर्व्यवहारको एउटा घटनालाई लिएर इटालीको सामाजिक सञ्जालमा हंगामा मच्चिएको छ ।  ...

जब इजरायलका डाक्टरले छुट्टिएको टाउकोलाई पुनः जोडेर चमत्कार गरे

इकागज | असार ३०, २०८०

जेरूसलाम। डाक्टरहरूलाई भगवानको अर्को रूप यसै भनेका होइनन्। कहिलेकाहीँ डाक्टरहरूले यस्तो चमत्कार गर्...