विश्व

प्रहरीले कार चालकको हत्या गरेपछि फ्रान्समा भड्‌किएकाे हिंसा रोकिएन, १५० पक्राउ

इकागज | असार १५, २०८०

पेरिस- फ्रान्समा गत मंगलबारदेखि भडकिएको दंगा अझै नियन्त्रणमा आउन सकेको छैन । 

गत मंगलबार फ्रान्सको राजधानी पेरिसको उपनगर नान्तेरेमा १७ वर्षीय नाहेललाई प्रहरीले ट्राफिक सिग्नलमा रोक्न नसके पछि गोली हानी हत्या गरे पछि फ्रान्समा दंगा भडकिएको हो । गोली चलाउने अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

सो घटनापछि फ्रान्समा हिंसा जारी छ । बुधबार अबेरदेखि पेरिसको सडकमा सयौं मानिसले प्रदर्शन गरिरहेका छन् । बीबीसीका अनुसार प्रदर्शनकारीहरूले धेरै भवन र कारमा आगजनी गरेका छन् र प्रहरीमाथि घरेलु बमसमेत प्रहार गरेका छन् ।  फ्रान्सको आन्तरिक मन्त्रालयले सडकमा २ हजार प्रहरी तैनाथ गरेको छ । अहिलेसम्म १५० प्रदर्शनकारी पक्राउ परेका छन् ।

गत मंगलबार दुई पुलिस अधिकारीहरूले नान्तेरेको सडकमा पहेंलो कार रोके। झगडाका क्रममा प्रहरी अधिकृतले पेस्तोल निकालेर चालक नाहेलको टाउकोमा गोली हानेका थिए । चालकले कारलाई तीव्रता दिएका थिए जुन केही टाढा गएपछि दुर्घटनामा परेको थियो। उनको घटनास्थलमै मृत्यु भयो ।

सो घटनालालाई फ्रान्सका राष्ट्रपतिले आकस्मिक बैठक बोलाएका छन् । म्याक्रोनले भने, ‘यो घटनाले सिंगो देश स्तब्ध भएको छ। यसरी युवाको हत्यालाई कुनै तर्कले औचित्य दिँदैन ।’

फ्रान्सका सांसदहरूले बुधबार राष्ट्रिय सभामा एक मिनेट मौन धारण गरेका थिए । प्रधानमन्त्री एलिजाबेथ बोर्नले भनिन्, ‘गोलीबारीको यो घटना स्पष्ट रूपमा नियमको उल्लङ्घन हो।’

पीडित परिवारले घटनामा संलग्न अधिकारीविरुद्ध ज्यान मार्ने, सहयोग र दुव्र्यवहार गरेको आरोपमा उजुरी दिएका छन् ।

श्रीलङ्काको मन्त्रिपरिषद्‌ले गर्‍यो घरेलु ऋण पुनर्संरचना योजनालाई अनुमोदन

इकागज | असार १४, २०८०

कोलम्बो- श्रीलङ्काको मन्त्रिपरिषद्ले बुधबार घरेलु ऋण पुनर्संरचनाको योजना स्वीकृत गरेको राष्ट्रपतिको मिडिया ...

बच्चा लिएर पोडियममा पुगेकी महिला सांसदलाई इजरायली संसद्‌मा भाषण गर्न रोक

इकागज | असार १४, २०८०

जेरूसलम- इजरायलको संसद्‌की एक महिला सांसदलाई काखमा नवजात छोरी भएको कारणले भाषण दिनबाट रोकिएको...

भारतमा जगन्नाथ रथ यात्राले हाइटेन्सन छुदाँ सात जनाको मृत्यु, १८ घाइते

इकागज | असार १४, २०८०

नयाँदिल्ली - त्रिपुराको उनाकोटी जिल्लामा बुधबार साँझ भगवान जगन्नाथको रथ हाई टेन्सन तारको चपेटामा ...

भारतले चन्द्रमा मिशन चन्द्रयान–३ लाई जुलाई १३ मा प्रक्षेपण गर्ने

इकागज | असार १४, २०८०

नयाँ दिल्ली - भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले बहुप्रतिक्षित चन्द्रयान मिशन चन्द्रयान ३ को प्...