विश्व

भारतमा कार दुर्घटना हुँदा १० धार्मिक पर्यटकको मृत्यु

इकागज | असार ७, २०८०

नयाँ दिल्ली - भारतको उत्तरी राज्य उत्तराखण्डमा बिहीबार एउटा कार गहिरो खोल्सामा खस्दा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । 

उत्तराखण्डको राजधानी देहरादुनबाट करिब ४४१ किलोमिटर पूर्वमा रहेको पिथौरागढ जिल्लाको मुनसियारी सहरमा सो दुर्घटना भएको हो ।

“आज चालकसहित १० जना चढेको एउटा कार पहाडी सडकबाट चिप्लिएर मुनसियारी क्षेत्रमा ६०० फिट गहिरो खाल्डोमा खसेको छ,” पिथौरागढस्थित विपद् व्यवस्थापन कार्यालयका एक अधिकारीले भने  । “गाडीभित्र रहेका नौ जना पुरुष र एक महिला गरी सबै जनाको मृत्यु भएको छ,” उनले बताए । 

खाल्डोबाट सबै शव निकालिएको र उनीहरूलाई सम्बन्धित परिवारको जिम्मा लगाउने औपचारिकता पूरा भइरहेको ती अधिकारीले बताए । 

अधिकारीहरुका अनुसार छिमेकी वागेश्वर जिल्लाका बासिन्दाका रूपमा पहिचान भएका ती व्यक्ति हिन्दू मन्दिरको दर्शन गर्न जाँदै थिए ।

 रातभरको भारी वर्षाका कारण उक्त सडक ठाउठाउमा पहिरोको माटो जम्मा भएको र यसका कारण सडक चिप्लो भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानपछि प्रहरीले बताएको छ । 
 

युक्रेनको पुननिर्माणका लागि ६० अर्ब युरो सहयोगको प्रतिवद्धता

इकागज | असार ७, २०८०

लण्डन - युक्रेनको पुनर्निर्माणका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा विदेशी...

रेष्टुरेन्टमा विष्फोट हुँदा ३१ को मृत्यु, घाइते भएका सातको अवस्था स्थिर

इकागज | असार ७, २०८०

चीन - उत्तरपश्चिम चीनको निङसिया हुई स्वायत्त क्षेत्रमा रहेको रेष्टुरेन्टमा बुधबार भएको विस्फोटमा परी ...

अमेरिकी राष्ट्रपति बाइडनका छोरा लागूऔषध प्रयोगकर्ता भएको पुष्टी

इकागज | असार ६, २०८०

बासिंगटन डिसी- अमेरिकी राष्ट्रपति जो बाइडनका छोरा हन्टर लागूऔषध प्रयोगकर्ता भएको खुलेको छ । राष्ट्रपत...

भारतीय प्रधानमन्त्री मोदी अमेरिकामा : एलन मस्कले भने- म मोदीको फ्यान हुँ

इकागज | असार ६, २०८०

नयाँ दिल्ली- प्रधानमन्त्री मोदीले आफ्नो चार दिने अमेरिका भ्रमणको क्रममा बुधबार टेस्लाका सीईओ एलन मस्कलाई भ...

टाइटनिक हेर्न गएको बेपत्ता पनडुब्बीमा पाकिस्तानी अर्बपतिका बाउ छोरा पनि

इकागज | असार ६, २०८०

लन्डन- विश्वकै चर्चित पानी जहाजमध्येको एक टाइटानिक फेरि एकपटक चर्चामा आएको छ ।  एट्लान्टिक महासा...