‘पहिला पैसा अनि टमाटर’ : टमाटरको मूल्य आकाशीयपछि विक्रेताले खटाए बाउन्सर
काठमाडौँ- भारतमा टमाटरको मूल्य आकाशीयपछि तरकारी पसल थापेका समाजवादी पार्टीका कार्यकर्ताले टमाटरको रेखदेख गर्न बाउन्सर राखेका छन् ।
भारतीय सञ्चार माध्यम विजनेस टूडेले जनाएअनुसार उत्तर प्रदेशका तरकारी पसलले ग्राहकलाई टमाटरभन्दा टाढा राख्न बाउन्सर खटाएका हुन् ।
समाजवादी पार्टीका कार्यकर्ता अजय फौजीका अनुसार मानिसहरू टमाटर किन्न तँछाडमछाड गर्ने गरेको तथा कतिपयले टमाटर चोर्ने गरेका कारण उनले बाउन्सर खटाएका हुन् ।
आफूले कसैसँग विवाद गर्न नचाहेका कारण बाउन्सर राखेको फौजीले बताए । अहिले उत्तर प्रदेशमा टमाटरकाे मूल्य प्रतिकिलाे १६० भारु रहेकाे छ ।