विश्व

भारतको बिहारमा चट्याङ लागेर दश जनाको मृत्यु

इकागज | असार २९, २०८०

नयाँदिल्ली- भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर दश जनाको मृत्यु भएको छ । बिहीबार देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको छ । चट्याङ लागेर ज्यान गुमाउनेमा अधिकांश खेतमा काम गर्ने किसान रहेको अधिकारीहरूले बताएका छन् ।

गत साता राज्यमा चट्याङ र वर्षासँग सम्बन्धित घटनामा १२ जनाको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए । प्रत्येक वर्ष मनसुन सुरु भएसँगै भारतमा चट्याङ लागेर सयौंको मृत्यु हुने गरेको छ । सन् २०२२ मा भारतभर चट्याङका कारण नौ सय सात जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिन्ह्वा

युरोपेली संसद्‌बाट मणिपुर जातीय हिंसा सम्बन्धी प्रस्ताव पारित, भारतको कडा आपत्ति

इकागज | असार २९, २०८०

लण्डन- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फ्रान्स भ्रमणमा रहेको बेलामा फ्रान्समा रहेको युरोपेली संसद्‌...

भारतले आज चन्द्रयान-३ चन्द्रमाका लागि प्रक्षेपण गर्दै, चन्द्रमामा रकेट पठाउने चौथो देश

इकागज | असार २९, २०८०

नयाँदिल्ली- भारतीय अन्तरिक्ष अध्ययन संस्था इसरोले आज चन्द्रयान-३ मिशन प्रक्षेपण गर्दैछ। चन्द्रयान–३ ...

नाटो शिखर सम्मेलनपछि पुटिनले भने- युक्रेनसँगको खाद्य सम्झौता तोड्छौँ

इकागज | असार २९, २०८०

मस्को- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विदेशी हतियारले युक्रेनको युद्धभूमिको अवस्था परिवर्तन गर्न नसक्ने ...

नाटो सम्मेलनमाथि रुसले भन्‍यो- ‘धम्कीको जवाफ दिन तयार छौँ’

इकागज | असार २८, २०८०

मस्को- रुसी विदेश मन्त्रालयले बुधबार नाटो शिखर सम्मेलनले पश्चिमी गठबन्धन शीतयुद्धको योजनामा ​​फर्किएको दे...

५९ वर्षमा आठौँ पटक पिता बने बेलायतका पूर्वप्रधानमन्त्री जोन्सन

इकागज | असार २८, २०८०

लन्डन- बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोन्सन फेरि पिता बनेका छन् । उनकी श्रीमती क्यारी जोन्सनले गत हप्ता ...