विश्व

अमेरिकी रक्षामन्त्रीको भनाइप्रति चीनको आपत्ति

इकागज | जेठ २३, २०८०

नयाँदिल्ली - अमेरिकी रक्षामन्त्रीको भनाइप्रति चीनले आपत्ति जनाएको छ । विश्वले ‘बेइजिङको धम्की र जबरजस्ती झेल्नु परेको’ रक्षामन्त्री लोयड अस्टिनको टिप्पणीप्रति चीनले आपत्ति जनाएको हो । 

भारत भ्रमणको क्रममा अमेरिकी रक्षामन्त्रीले गरेको टिप्पणीको जवाफमा नयाँदिल्लीस्थित  चिनियाँ दूतावासका प्रवक्ता वाङ सिया ओजियानले  जबरजस्ती र आधिपत्यका लागि सबै प्रकारका उपाय अमेरिकाले अपनाउने गरेको बताएका छन् । उनले विश्वशान्ति र समृद्धिका लागि चीनको योगदान रहेको बताउँदै अमेरिकाको जबरजस्ती र दादागिरीका कारण विकासोन्मुख देशमात्र नभइ उसका सहयोगी र साझेदारहरूसमेत मारमा परेका दाबी गरेका छन् । 

“वर्तमान चीन–भारत सीमा स्थिति समग्रमा स्थिर छ,  सीमा मामिला चीन र भारत बीचको विषय हो,  कुनै तेस्रो पक्षको हस्तक्षेप स्वीकार्य छैन,”  प्रवक्ता वाङले भनेका छन् ।

सोमबार रक्षामन्त्री राजनाथ सिंहसँगको द्विपक्षीय बैठकपछि पत्रकार सम्मेलनमा अमेरिकी रक्षामन्त्री अस्टिनले द्रुत रूपमा परिवर्तन भइरहेको विश्व र अन्तरराष्ट्रिय चुनौतीको चर्चा गर्दा चीनमाथि त्यस्तो टिप्पणी गर्नुभएको थियो । उहाँले युक्रेन युद्धमा चीनको भूमिकाका साथै आतंकवाद र जलवायु परिवर्तनजस्ता अन्तरराष्ट्रिय चासोका विषयमा चीनको भूमिकालाई लिएर आलोचना गरेका थिए । 

अफगानिस्तानमा विष्फोट हुँदा डेपुटी प्रान्तीय गभर्नरसहित दुई जनाको मृत्यु, ६ घाइते

इकागज | जेठ २३, २०८०

फैजाबाद - अफगानिस्तानको प्रान्तीय राजधानी फैजाबादमा मङ्गलबार भएको विस्फोटमा परी डेपुटी गभर्नरसहित ...

अमेरिकी राष्ट्रपति निर्वाचन : ट्रम्पलाई टक्कर दिँदै पुर्वउपराष्ट्रपति पेन्स चुनावी मैदानमा

इकागज | जेठ २३, २०८०

बासिंगटन डिसी- अमेरिकामा आगामी वर्ष हुने राष्ट्रपतिय निर्वाचनका लागि रिपब्लिकन पार्टीबाट उम्मेदवारका लाग...

यू–२० महिला एसियन कप छनौट : नेपालले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दै, को-को छन् नेपाली टीममा ?

इकागज | जेठ २३, २०८०

काठमाडौँ- एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपाल आज म्यानमारसँग भिड्‌दैछ ।  ...