विश्व

हत्या आरोपमा जापानमा सभामुखका छोरा समातिए

इकागज | जेठ १२, २०८०

टोकियो- जापानको नागानो प्रिफेक्चरको नाकानो नगरसभाका सभामुख मासामिची आओकीका ३१ वर्षीय जेठा छोरा मसानोरी आओकीलाई दुई प्रहरी अधिकारीसहित चार जनाको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ । 

सभामुखका छोराले एक महिलालाई छुरा प्रहार तथा दुई जना प्रहरी अधिकारीमाथि गोली हानेर मारेको आरोप लगाइएको छ । निजले अर्की एक महिलाको पनि हत्या गरेको अभियोग लगाइएको छ । क्यामफ्लाज, टोपी र मास्क लगाएको अभियुक्तले घातक आक्रमण गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

तुलनात्मक रूपमा शान्त जापानमा बन्दुक हिंसाका घटना बिरलै हुने गरेका छन् । गत वर्ष जापानमा बन्दुकसँग सम्बन्धित नौ घटना भएका थिए । ती घटनामा चार जनाको मृत्यु भएको थियो । गत वर्ष पूर्वप्रधानमन्त्री शिञ्जो आबेमाथि चुनावी सभामा गोली हानेर हत्या गरिएको थियो । सिन्ह्वा

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई देश बाहिर जान प्रतिबन्ध

इकागज | जेठ १२, २०८०

पाकिस्तान- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसहित उनकी पत्नीसमेतलाई देश बाहिर जान प्रतिबन्ध लगाइएको ...

टर्कीका विपक्षी नेताद्वारा राष्ट्रपति एर्डोगानविरुद्ध मुद्दा

इकागज | जेठ ११, २०८०

इस्तानबुल - रेसेप तैयप एर्डोगानका चुनावी प्रतिद्वन्द्वीले कुर्दिश लडाकुहरूसँग विपक्षीहरूलाई जोड्ने अभ...