विश्व

हराएका किशोरीको खोजी गर्दा सात जनाकाे शव भेटियाे

इकागज | बैशाख १९, २०८०

हेन्रीएटा (ओक्लाहोमा)- ओक्लाहोमामा हराएका किशोरीको खोजीका क्रममा सात जनाकाे शव भेटिएकाे छ ।

ओक्लाहोमा शहरबाट एक सय ४५ किलोमिटर पूर्वमा अवस्थित हेन्रीएटा शहरमा गरिएको खोजतलासका क्रममा सात जनाको शव भेटिएको अनुसन्धान अधिकारीहरूले बताएका छन् ।​

ओक्लाहोमा राज्यको अनुसन्धान कार्यालयका प्रवक्ता जेराल्ड डेभिडसनले चिकित्सा परीक्षणबाट मृतको परिचय खुल्ने बताउँदै हराएका किशोरी पनि ती मृतकको समूहमा भए/नभएको जानकारी परीक्षणपछि मात्र ज्ञात हुने जनाएका छन् । मृतकहरूको परिचय सार्वजनिक गरिएको छैन । 

चौध वर्षीया आइबी वेबस्टर र १६ वर्षकी ब्रिटनी ब्रुवर हराएकाले उनीहरूको खोजबिनका लागि सोमबार जारी गरिएको ‘खोजीको सूचना’ सोमबार अपराह्न ओक्लाहोमा राज्यमार्ग गस्तीले रद्द गरेको छ । बेवस्टर र ब्रुवरलाई यौन अपराधमा कारागारबाट छुटेका जेसी म्याकफडेनसँग यात्रामा रहेको देखिएको थियो ।

बलात्कारमा दोषी उनी सन् २०२० को अक्टोबरमा रिहा भएका थिए । एपी

सुडानमा फेरि भीषण युद्ध, अन्नपानीको अभावमा जनजीवन अस्तव्यस्त

इकागज | बैशाख १७, २०८०

खार्तुम- सुडानको राजधानी खार्तुममा पुनः भीषण युद्ध शुरु भएको छ । युद्धग्रस्त क्षेत्रबाट सर्वसाधारणलाई सुरक्...

भारी हिमपात र वर्षाका कारण चारधाम हिँडेका तीर्थयात्री श्रीनगरमा रोकिए

इकागज | बैशाख १७, २०८०

श्रीनगर - भारी हिमपात र भीषण वर्षाका कारण चारधाम यात्रामा निस्केका तीर्थयात्री श्रीनगरमा रोकिएका छन् । बद्...

मित्रराष्ट्रलाई पेट्रोलियम पदार्थ आपूर्तिको अनुमति दिने आदेशमा पुटिनको हस्ताक्षर

इकागज | बैशाख १६, २०८०

भ्लादिभोस्तक- फेब्रुअरी १ भन्दा अघि भएका सम्झौता अन्तर्गत मित्र राष्ट्रहरूलाई पेट्रोल तथा पेट्रोलियम पदार्थको ...