विश्व

लेवनानबाट इजरायलमा आक्रमण, १७ वर्षपछिको सबैभन्दा ठूलो

इकागज | चैत २५, २०७९

काठमाडौँ- प्यालेस्टिनी हमास समूहले दक्षिणी लेबनानबाट उत्तरी इजरायलमा दर्जनौं मिसाइल प्रहार गरेको इजरायली सेनाले दाबी गरेको छ ।

इजरायली सेनाका अनुसार प्रहार गरिएका ३६ वटा मिसाइलमध्ये धेरैजसो लक्ष्यमा पुग्नुअघि नै नष्ट भएका थिए तर तीमध्ये केहीले इजरायली क्षेत्रलाई निशाना बनाएका थिए।

यी आक्रमणमा केही भवनमा क्षति पुगेको छ । एक जनाको टाउकोमा चोट लागेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

हमासले भने क्षेप्यास्त्र कसले हान्यो ? भन्ने बारे कुनै जानकारी नभएको बताएको छ। पछिल्लो १७ वर्षमा लेबनानबाट इजरायलमा भएको यो सबैभन्दा ठूलो आक्रमण हो।

इजरायली प्रहरीले जेरुसेलमको अल अक्सा मस्जिदमा प्यालेस्टाइनीहरूसँग लडाइँ गर्दा यस क्षेत्रमा हिंसा बढेको बेला यो हमला भएको हो।

अर्कोतर्फ हमासको नियन्त्रणमा रहेको गाजाबाट पनि इजरायलमा रकेट प्रहार गरिएको छ । इजरायलको वायुसेनाले यी हवाई आक्रमणको जवाफ दिएको छ।

चीन-अमेरिका तनाव : हडसन इन्स्टिच्युट, रेगन पुस्तकालय र अन्य संस्थाका पदाधिकारीमाथि प्रतिबन्ध

इकागज | चैत २५, २०७९

बेइजिङ- चीनले अमेरिकाको क्यालिफोर्निस्थित हडसन इन्स्टिच्युट, रेगन पुस्तकालय र अन्य संस्थाका पदाधिकारीमाथि ...

अमेरिकी आर्थिक अवस्था सुधारतर्फ, मार्चमा अमेरिकी रोजगारी दरमा सहजता

इकागज | चैत २५, २०७९

वासिङ्टन- अमेरिकी नीति निर्माताहरूले मुद्रास्फीतिविरुद्धको लडाइँलाई अघि बढाउँदा अर्थतन्त्र क्रमशः सुधार हु...

अफगानिस्तानबाट अमेरिका सेना फिर्ता गर्ने तरिकामा ट्रम्प दोषी : बाइडन

इकागज | चैत २४, २०७९

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले अफगानिस्तानमा तालिवानले सत्ता सम्हालेपछि अमेरिकी सेना...

प्यालेस्टिनी समुहले लेवनानी भूमीबाट इजरायलमा आक्रमण गरेको दाबी

इकागज | चैत २४, २०७९

काठमाडौँ- प्यालेस्टिनी हमास समूहले दक्षिणी लेबनानबाट उत्तरी इजरायलमा दर्जनौं मिसाइल प्रहार गरेको इजरायल...

भारतमा कोभिड संक्रमित बढेपछि प्रदेश स्वास्थ्य मन्त्रीहरूको आकस्मिक बैठक

इकागज | चैत २४, २०७९

नयाँदिल्ली- भारतमा कोरोना संक्रमितको संख्या बढेपछि केन्द्रीय स्वास्थ्य मन्त्रालयले आकस्मिक बैठक बोलाएको छ । ...

साउदी र इरानी परराष्ट्रमन्त्रीको बेइजिङमा वार्ता : दुवै देशमा दूतावास खोल्ने सहमति

इकागज | चैत २४, २०७९

बेइजिङ- साउदी अरब र इरानबीचमा एकअर्काको देशमा राजदूतावास खोल्नेदेखि हवाई उडान गर्नेसम्मको सहमति भएको ...

'सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर तीन प्रतिशतभन्दा तल झर्ने'

इकागज | चैत २३, २०७९

वासिङटन - अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का प्रबन्ध निर्देशकले विश्वका लगभग सबै विकसित अर्थतन्त्रमा...