विश्व

खेलौना ठानेर बम खेलाउँदा...

इकागज | चैत २९, २०७९

घाज्नी (अफगानिस्तान)- देशको पूर्वी प्रान्त घाज्नीको नाहुर जिल्लास्थित बोर्जगी गाउँका केही बालबालिकाले खेलौनाजस्तो एउटा यन्त्र भेटेर त्यसैसँग खेल्दा दुई जना बालबालिकाको मृत्यु भएको छ । 

हिजो सोमबार दिउँसो बालबालिकाको एउटा समूहले गाउँमा खेलौनाजस्तो एउटा यन्त्र फेला पारेका थिए ।

केटाकेटी त्यसैसँग खेलिरहँदा त्यो यन्त्र अचानक विष्फोट हुँदा ती बालबालिकाले ज्यान गुमाएका राज्य सञ्चालित बख्तर समाचार समितिले आज जनाएको छ । दुवै बालबालिकाको घटनास्थलमा नै ज्यान गएको सुरक्षाकर्मीलाई उद्धृत गर्दै उक्त समाचार समितिले जनाएको छ । 

गत आइतबार घाज्नीको छिमेकी कान्दाहार प्रान्तमा यस्तै प्रकृतिको विष्फोट हुँदा एक जना बालकको मृत्यु भएको थियो भने अर्का एक जना घाइते भएका थिए ।

चार दशक लामो युद्ध र गृहयुद्धले तहसनहस भएको अफगानिस्तानमा विद्रोहीले बिछ्याएका  बम विष्फोटमा परी प्रत्येक महिना दर्जनौँले ज्यान गुमाउँदै आएका छन् । बम विष्फोटका यस्ता घटनामा विशेष गरी बालबालिका पर्ने गरेका छन् । (सिन्ह्वा)

रुस–युक्रेन युद्धसँग सम्बन्धित अमेरिकी गोप्य दस्तावेज चुहावट भएपछि अनुसन्धान सुरु

इकागज | चैत २८, २०७९

काठमाडौँ- रुस र युक्रेनबीच १४ महिनायता जारी युद्धसँग सम्बन्धित गोप्य दस्तावेज चुहावट भए पछि अमेरिका तना...

दिल्लीमा चर्को स्वरमा गीत बजाएको भन्दै आपत्ति जनाउने गर्भवती महिलाको गोली हानी हत्या

इकागज | चैत २७, २०७९

नयाँ दिल्ली- दिल्लीको सिरासपुरमा छिमेकीले चलाएको गोली लागेकी ३० वर्षीया गर्भवती महिलाको मृत्यु भएको छ ...