विश्व

दश दिनदेखि हराएको हेलिकप्टरमा पाँच यात्रीको शव भेटियो

इकागज | बैशाख ३, २०८०

टोकियो - श दिन अघि ओकिनावाको दक्षिणी प्रान्तबाट हराइरहेको हेलिकप्टरको भग्नावशेषका साथै त्यसमा सवार पाँच जनाको शव आज फेला परेको छ । गत चैत २३ गते जापानी ग्राउण्ड सेल्फ डिफेन्स फोर्सको हेलिकप्टर ओकिनावाको मियाकोजिमा टापुबाट उडेको केही क्षणपछि सम्पर्कविहीन भएको थियो । 

गोताखोरहरूले समुद्रमा गरेको लगातार खोजीपछि आज हेलिकप्टरको भग्नावशेषसहित पाँच जनाको शव भेटिएको डिफेन्स फोर्सका अधिकारीलाई उद्धृत गर्दै समाचार समिति क्योदोले जनाएको छ । सैनकि कमाण्डर लेफ्टिनेन्ट जनरल युइची साकामोटोसहित पाँच जनाको शव भेटिए पनि बाँकी चार जना डिफेन्स फोर्सका कर्मचारी हुन् वा होइनन् भन्ने पुष्टि भइसकेको छैन ।
 

‘म भ्रष्ट भए यो दुनियाँमा कोही पनि ईमान्दार व्यक्ति छैन’ : मुख्यमन्त्री केजरीवाल

इकागज | बैशाख २, २०८०

नयाँ दिल्ली - दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफु भ्रष्ट नभएको बताएका छन् । शनिबार मुख्यमन्त्री...

अमेरिकी राष्ट्रपति बाइडेनले २०२४ का लागि छिट्टै उम्मेदवारी सार्वजनिक गर्ने, पोम्पेओले नदिने

इकागज | बैशाख २, २०८०

वासिङ्टन - अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४ का लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा सार्वजनिक...

पाकिस्तानलाई एक अर्ब ३० करोड डलर सहयोग दिने युएई र चीनको प्रतिबद्धता

इकागज | बैशाख २, २०८०

कराँची- पाकिस्तानले शुक्रबार संयुक्त अरब इमिरेट्स (युएई) र चीनबाट कुल एक अर्ब ३० करोड अमेरिकी डलर बराब...