विश्व

गीत बजाएपछि महिलाले चलाएको रेडियो स्टेशन बन्द

इकागज | चैत १९, २०७९

काबुल - अफगानिस्तानको उत्तरपूर्वमा रहेको रेडियो स्टेशन तालिवान प्रशासनले बन्द गराएको छ । महिलाद्वारा सञ्चालित उक्त रेडियो स्टेशनले पवित्र रमजान महिनामा गीत बजाएकाले प्रसारण बन्द गरिएको तालिवानका एक अधिकरीले बताएका छन् । 

दशवर्षअघि प्रारम्भ गरिएको सादाइ बानोवान अर्थात् महिलाको आवाज रेडियो स्टेशनमा आठ जना कर्मचारीमध्ये छ जना महिला कार्यरत थिए । 

बदख्शान प्रान्तका सूचना तगा संस्कृति निर्देशक मोइजुद्दिन अहमदीले रमजानको समयमा गीतसङ्गीत प्रसारण गरेर इस्लामिक कानुनको उल्लंघन गरेकाले प्रसारण बन्द गरिएको बताएका छन् । भविष्यमा पुनः कानुनको उल्लंघन नगर्ने प्रतिबद्धता व्यक्त भएमा प्रसारणको अनुमति दिइने पनि उनले बताएका छन् । 
 

सुरक्षा परिषद्‌को अध्यक्षता रुसले गरेपछि पुटिनविरुद्ध अन्तर्राष्ट्रिय अदालतको पक्राउ पुर्जीमाथि प्रश्न

इकागज | चैत १९, २०७९

काठमाडौँ- रुसले संयुक्त राष्ट्र सुरक्षा परिषद्‌ (युएनएसी)को अध्यक्षता पाएको छ। युक्रेनले सदस्य रा...

इन्दोर मन्दिर दुर्घटनाः ३६ जनाको मृत्यु, मन्दिर प्रशासनविरुद्ध मुद्दा दर्ता

इकागज | चैत १७, २०७९

इन्दोर - रामनवमी पर्व मनाउन पटेलनगरस्थित शिव मन्दिरमा भेला भएका भक्तजन त्यहाँ रहेको इनारमा खस्...