विश्व

पेरिसमा प्रदर्शन हिसांत्मक बनेपछि बेलायती राजारानीको फ्रान्स भ्रमण स्थगित

इकागज | चैत ११, २०७९

काठमाडौँ- फ्रान्समा पेन्सन सुधार सम्बन्धी बिषयलाई राजधानी पेरिसमा जारी विशाल प्रदर्शनका कारण बेलायती राजा चार्ल्सको राजकीय भ्रमण स्थगित हुन पुगेको छ ।  

शुक्रबार बकिंघम प्यालेसले बेलायती राजा चार्ल्स र रानी क्यामिलाको आइतबारदेखि बुधबारसम्म हुने भनिएको राजकीय भ्रमण अन्तिममा आएर स्थगित भएको हो ।

फ्रान्स सरकारले त्यहाँका नागरिकका लागि पेन्सन पाउने उमेर ६२ बाट बढाएर ६४ बनाइदिएपछि पेरिससहितका सहरमा विशाल प्रदर्शन गर्दै आएका छन्,  पछिल्लो समय सो प्रदर्शन हिंसात्मक बन्दैसमेत गएपछि बेलायती राजपरिवारको भ्रमण अन्तिममा स्थगित गर्नु परेको हो ।

फ्रान्सको चार दिने भ्रमण सकेर बेलायती राजपरिवार पेरिसबाट जर्मनी यात्रा गर्ने भ्रमण तालिका थियो । प्रदर्शन हिंसात्मक बन्दै गएपछि फ्रान्स र बेलायत सरकारबीच वार्तामार्फत् राजपरिवारको भ्रमण स्थगित गरिएको बेलायतस्थित बकिंघम प्यालेसका प्रवक्ताले जानकारी दिए । उनका अनुसार अर्को अनुकुल मिति उपलब्ध भएपछि चार्ल्सले फ्रान्स भ्रमण गर्नेछन् ।

चार वर्षअघिको चुनावी सभामा राहुल गान्धीको त्यो भाषण, जसले दुई वर्षको जेल सजाय सुनाइयो

इकागज | चैत ९, २०७९

काठमाडौँ - भारतीय कंग्रेसका नेता राहुल गान्धीलाई दुई वर्षको जेल सजाय भएको छ। गुजरातको सुरतस्थित सेसन ...

आफैँ कैदमा रहेका चन्द्रशेखरको गरिब कैदीलाई करोडौँ प्रदान गर्ने चाहना

इकागज | चैत ८, २०७९

नयाँ दिल्ली - आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पा...

‘मोदी हटाओ, देश बचाओ’ लेखिएका पोस्टर टाँसेको अभियोगमा ६ जना पक्राउ

इकागज | चैत ८, २०७९

नयाँ दिल्ली -  राजधानीमा प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अपमानजनक टिप्पणीसहित आपत्तिजनक पोस्टर टाँस...

अफगानिस्तानमा शक्तिशाली भूकम्प : भारत र पाकिस्तानसम्म धक्का, दुई जनाको मृत्यु

इकागज | चैत ८, २०७९

काठमाडौँ - अफगानिस्तानका विभिन्न प्रान्तमा मंगलबार राति शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । अमेरिक...