विश्व

महाराष्ट्रमा भड्कियो हिंसा, स्थिति नियन्त्रण लिन धारा १४४ लागू

इकागज | बैशाख ३१, २०८०

मुम्बई - महाराष्ट्र अकोलाको पुरानो शहरमा दुई समुदायबीच झडप भएको छ ।

सो झडपमा परेर एक जनाको मृत्यु भएको छ भने एक प्रहरीसहित तीन जना घाइते भएका छन् । सो झडप पछि प्रहरीको संख्या बढाइएको छ भने स्थितिलाई नियन्त्रणमा लिनका लागि कलेक्टरले त्यहाँ धारा १४४ लगाएका छन् । भारतमा धारा १४४ ले पाँच जना भन्दा बढी मानिसलाई एकै ठाउँमा जम्मा हुन रोक लगाउँछ । मानिस एकै ठाउँमा जम्मा हुँदा हिंसा भड्किने अवस्था देखिएमा यो धाराको प्रयोग गरिन्छ । 

साथै, सो झडपछि सो क्षेत्रमा धैरै नै तोडफोड हुन पुगेको छ भने दर्जनौं गाडीहरू तोडफोडमा परेका छन । 

जानकारी अनुसार महाराष्टको अकोला शहरमा शनिवार एउटा पोष्ट इन्स्टाग्राममा बिबादित सामग्री प्रकाशित भएको थियो । सो सामग्री प्रकाशित भए पछि असन्तुष्ट एक समुदायले प्रहरी थानामा पुगेर आफ्नो  असहमति दर्ज गराएको थियो ।​

यसैक्रममा प्रहरी थानामा पुगेको उक्त भिड अचानक भड्किन पुगेको थियो । उक्त भीड भड्के पछि दुई समुदायको बीचमा झडप सुरु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  

कर्नाटकमा कांग्रेसलाई स्पष्ट बहुमत, पराजय स्वीकार्दै बिजेपीका मुख्यमन्त्रीले दिए राजीनामा

इकागज | बैशाख ३१, २०८०

नयाँ दिल्ली - भारतमा कर्नाटक राज्यमा भएको विधानसभा चुनावको नतिजा आएको छ । कर्नाटकका मतदाताले कांग्रेसल...

इथियोपियामा हैजाको माहामारीको चेतावनी, हैजाका कारण ९४ जनाको मृत्यु

इकागज | बैशाख २९, २०८०

अदिस अबाबा- संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (युएनओसीएचए) ले दक्षिणपूर्वी इथियोपि...

बाइडनका शीर्ष सुरक्षा सल्लाहकार र चिनियाँ कूटनीतिज्ञबीच भियनामा भेटवार्ता

इकागज | बैशाख २९, २०८०

वासिङ्टन- अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले चीनका उच्च कूटनीतिज्ञ वाङ यीसँग यसै साता भिय...

पाकिस्तानको सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री खानलाई तत्काल रिहा गर्न आदेश

इकागज | बैशाख २८, २०८०

इस्लामावाद, पाकिस्तान- पाकिस्तानको सर्वोच्च अदालतले बिहीबार पाकिस्तान तेहरीक–ए–इन्साफका...