विश्व

रुसी तेल भारतले युरोपमा बेच्यो, अब बन्द गर्नुपर्छः युरोपेली विदेश प्रमुख

इकागज | जेठ २, २०८०

लन्डन - युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले  रुसी तेललाई प्रशोधित इन्धनका रूपमा भारतले युरोपमा बिक्री गरेको भन्दै युरोपेली संघले कारबाही गर्नुपर्ने बताएका छन् ।​

मंगलबार फाइनान्सियल टाइम्समा प्रकाशित एक लेखमा, ‘रुसबाट भारतमा तेलको प्रवाह रोक्न हामीले कदम चाल्नु पर्छ’ भनेका छन् । मस्कोले युक्रेनमा आक्रमण गरेदेखि रूसी तेलको सबैभन्दा ठूलो खरीददारहरू मध्ये एक भारत भएको उल्लेख गर्दै उनले सो कदम रोक्नका लागि प्रयास गर्नुपर्ने बताएका छन् । 

‘यदि डिजेल वा पेट्रोल युरोपमा प्रवेश गर्दैछ, भारतबाट रुसी तेल आउँदैछ भने यो निश्चित रूपमा छलछाम हो र युरोपेली सदस्य राष्ट्रहरूले अब नयाँ कदम चाल्नु पर्छ,’ उनले भनेका छन् ।

‘यदि तिनी (भारत) ले बेच्छ हामी (युरोप) कसले किन्दैछ भनेर अब हेर्नु पर्छ,’ उनले अगाडि भनेका छन् । अहिलेसम्म रुसी तेल युरोपमा बेच्ने भारतको काम कारबाही रोक्नका लागि युरोपेली संघले कुनै कदम चालेको छैन। 

यद्यपि, बोरेलले भनेका छन कि अब मुद्दा भारतका विदेशमन्त्रीसँग उठाउनेछन्, जसलाई उनले मंगलबार भेट्दैछन् । 

प्रतिघण्टा १७० किलोमिटरको बेगले आउँदैछ बंगलादेशमा आँधी, 'मोखा'बाट बचाउन ५ लाखलाई सुरक्षित ठाउँमा सारियो

इकागज | बैशाख ३१, २०८०

ढाका- अकल्पनिय ‘मोखा’ आँधीको चेतावनीसँगै ५ लाख बंगलादेशीलाई सुरक्षित स्थानतर्फ सारिएको छ ...

कर्नाटक जितपछि राहुल गान्धीले भने, 'नफरतको बजार बन्द भयो, प्रेमको दोकान खुल्यो'

इकागज | बैशाख ३१, २०८०

नयाँदिल्ली - कर्नाटकको निर्वाचन कांग्रेसका पक्षमा आए पछि सो पार्टीका नेता राहुल गान्धीले नफरतको बजार बन्द...