विश्व

इटालीको उत्तरी भेगमा बाढीको प्रकोप, आठ जनाको मृत्यु

इकागज | जेठ ४, २०८०

रोम- इटालीको उत्तरी भेग इमिलिया रोमाग्नामा अविरल वर्षासँगै आएको बाढीमा परी आठ जनाको मृत्यु भएको छ । बाढीबाट हजारौँ विस्थापित भएका छन्भने युरोपको प्रसिद्ध मोटर रेस प्रतिस्पर्धा ग्रान्ड प्रिक्स फर्मुला वान स्थगन भएको छ ।    
    
नदीहरूमा पानीको सतहले जोखिमको रेखा पार गरेको छ भने हजारौ हेक्टर खेतीयोग्य जमिन जलमग्न भएको छ । शहरका सडकबाट पनि पानी बगिरहेको छ । बाढीबाट बच्न मानिसहरू घरका छतमा पुगेका छन् । एक वर्षमा हुने औसत वर्षा झण्डै ३६ घण्टामा भएकोले परिस्थिति भयावह बनेको अधिकारीहरुले बताएका छन्। बाढीका कारण ५० हजार मानिस बिजुलीको पहुँचबाट बाहिर भएका छन् ।    
    
भोलिदेखि जापानको हिरोसिमामा आयोजना हुने विकसित सात राष्ट्र (जी सेभेन) को ४९ औँ शिखर सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गर्नुअघि प्रधानमन्त्री जर्जिया मेलोनीले बाढीपीडितलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । (रासस/एनएनआई)

अमेरिकी अदालतले दियो मुम्बई हमलाका अभियुक्त तहव्वुर राणालाई भारत सुपुर्दगी गर्ने अनुमति

इकागज | जेठ ४, २०८०

नयाँ दिल्ली - सन् २००८ को मुम्बई आतंकवादी हमलाको मुद्दामा जेल परेका तहव्वुर राणालाई अमेरिकी अदालतले भा...

इरान र रूसबीच अन्तर्राष्ट्रिय यातायात मार्ग निर्माण गर्ने सम्झौता

इकागज | जेठ ४, २०८०

तेहरान- रूस र इरानले दक्षिण एसियालाई उत्तरी युरोपसँग जोड्ने अन्तर्राष्ट्रिय यातायात मार्ग पूरा गर्न इरानभि...

रूस र युक्रेनबीचको खाद्यान्न सम्झौता दुई महिना लम्बियो

इकागज | जेठ ४, २०८०

इस्तानबुल- संयुक्त राष्ट्रसङ्घको समर्थनप्राप्त रूस र युक्रेनबीचको खाद्यान्न सम्झौतालाई दुई महिना थप गर्ने सहमत...

राहुल गान्धीविरुद्ध झारखण्ड उच्च अदालतमा अर्को मानहानी मुद्दा

इकागज | जेठ २, २०८०

काठमाडौँ - काङ्ग्रेस नेता राहुल गान्धीविरुद्ध झारखण्ड उच्च अदालतमा पनि मानहानी मुद्दा परेको छ । उक्त अदाल...