विश्व

कारबाहीअघि नै बेलायती पुर्वप्रधानमन्त्रीले दिए सांसद पदबाट राजीनामा

इकागज | जेठ २७, २०८०

लन्डन- पुर्वप्रधानमन्त्री बोरिस जोनसनले संसद्‌लाई गुमराह गरेको आरोपमा सजाय पाउने जानकारी पाएपछि बेलायती सांसद पदबाट राजीनामा दिएका छन् ।

तत्कालै लागु हुने गरी जोन्सनले राजीनामा दिएपछि रिक्त भएको उक्त सिटमा अब उपनिर्वाचन हुनेछ ।

संसदीय छानबिनका बीचमा जोनसन आफ्नो राजनीतिक भविष्यका लागि लडिरहेका छन् । उनले कोभिड–१९ का सबै नियमहरू पालना गरिएको बताउँदै आएपनि उनीमाथि हाउस अफ कमन्सलाई भ्रमित गरेको आरोप लगाइएको छ ।

संसद्‌को विशेषाधिकार समितिले जोनसनले लापरवाही वा जानाजानी संसद्‌लाई गुमराह गरेको प्रमाणित भएमा उनलाई १० दिनभन्दा बढी संसद्‌बाट निलम्बन गर्न सिफारिस गर्न सक्छ । तर उनले राजीनामा दिए र सम्भावित रूपमा आफ्नो सीटको लागि चुनाव सुरु गरे।

‘मलाई संसद्‌बाट हटाउन मविरुद्ध कारबाही गर्न कटिबद्ध छन् भनेर विशेषाधिकार समितिबाट पत्र प्राप्त भएको छ,’ उनले भने, ‘समितिका धेरैजसो सदस्यहरू, विशेष गरी अध्यक्षले प्रमाण नदेखेर नै मेरो दोषको बारेमा गहिरो पक्षपातपूर्ण टिप्पणी गरिसकेका छन् ।’

प्रीमियरशिप डाउनिंग स्ट्रीट कार्यालय तथा निवासमा कोभिड–१९ को मापदण्ड तोडेर पार्टी गरेको अभियोग उनीमाथि लाग्दै आएको छ । उनले कोभिड–१९ का नियमहरू तोडेर पार्टी गरेपछि बेलायतभरी आलोचना भएको थियो ।  

अफगानिस्तानका प्रान्तीय गभर्नरको अन्त्येष्टि भइरहँदा विस्फोट, ११ जनाको मृत्यु

इकागज | जेठ २५, २०८०

काबुल - अफगानिस्तानको एक कार्यवाहक प्रान्तीय गभर्नरको अन्त्येष्टि समारोहमा बिहीबार भएको विस्फोटमा परी...