विश्व

जम्मु बस दुर्घटना : १० जनाको मृत्यु, ५५ घाइते

इकागज | जेठ १६, २०८०

जम्मु कश्मीर- जम्मू–श्रीनगर राष्ट्रिय राजमार्गमा आज  बिहान एउटा बस गहिरो खाडलमा खस्दा कम्तीमा १० जनाको मृत्यु भएको छ भने करिब ५५ जना घाइते भएका छन् । शवहरू शल्य परीक्षणका निम्ति अस्पताल पठाइएका छन् । 

सरकारी अधिकारीहरूका अनुसार बस अमृतसरबाट कटरातर्फ गइरहेको थियो । घाइते सबै यात्रीलाई उद्धार गरिएको जम्मुका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) चन्दन कोहलीले बताएका छन् ।

त्यहाँ उद्धारका काम पनि पूरा भएको छ । सबै घाइतेलाई अस्पताल पु¥याइएको छ । उद्धारमा अर्धसैनिक टोली र राज्य विपद् प्रतिक्रिया विभागका कर्मचारीले प्रहरीलाई सघाएका थिए ।

बसले क्षमताभन्दा बढी यात्री बोकेको प्रहरीले बताएको छ । त्यससम्बन्धमा अनुसन्धान गरिने एसएसपी कोहलीले बताए । बसमा विहार राज्यबाट आएका यात्रीका साथै अमृतसरका मानिस पनि सवार थिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ । (एएनआई)

मोदीको नौ वर्षे कार्यकालमा चार करोड घर र ११ करोड शौचालय निर्माण

इकागज | जेठ १४, २०८०

नयाँ दिल्ली - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार भारतको राजधानीको मुटुमा रहेको झण्डै १०० वर्ष पु...

विपक्षी दलको बहिष्कारका बाबजुद मोदीले गरे नयाँ संसद्‌ भवनको उद्घाटन

इकागज | जेठ १४, २०८०

नयाँदिल्ली- भारतका विपक्षी दलले समारोह बहिष्कार गरे पनि प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ संसद्‌ भवन...

अन्तरराष्ट्रियस्तरमा आरएमबीको प्रयोग बढाउने प्रयासमा चीन

इकागज | जेठ १३, २०८०

ब्रसेल्स- चीनले आफ्नो मुद्रा चिनियाँ राष्ट्रिय मुद्रा रेन्मिन्बी अर्थात् आरएमबीको प्रयोग अन्तरराष्ट्रियस्तरमा बढा...