विश्व

बालबालिका विद्यालय नगए अभिभावक जेल बस्नुपर्ने

इकागज | भदौ ९, २०८०

रियाद। साउदी अरेबियामा अब बालबालिका विद्यालय नजानु अभिभावकका लागि समस्याको कारण बन्न सक्छ । त्यहाँको शिक्षा मन्त्रालयका अनुसार विना कुनै बहाना वा कारण २० दिन विद्यालयमा विद्यार्थी नआएका विद्यार्थीका अभिभावकलाई जेल हाल्न सक्ने कानुन बनाईएको छ ।

साउदी अरेबियाको समाचार संस्था मक्का न्यूजपेपरले रिपोर्ट गरेको छ कि यदि कुनै विद्यार्थी २० दिनसम्म विद्यालयमा नआएको खण्डमा विद्यार्थीको अभिभावकलाई राज्यको बाल संरक्षण कानुन अन्तर्गत सार्वजनिक अभियोजन कार्यालयमा पठाउने जिम्मेवारी विद्यालयलाई दिईएको छ । समाचार अनुसार सार्वजनिक अभियोजन कार्यालयले बच्चा विद्यालय नआउनुको कारणबारे छानबिन गरी मुद्दालाई फौजदारी अदालतमा पठाउने छ ।

यस्तो अवस्थामा विद्यालयमा विद्यार्थी अनुपस्थित हुनु अभिभावकको लापरवाहीबाट भएको प्रमाणित भएमा न्यायाधीशले अभिभावकलाई तोकिएको अवधिसम्म जेल सजायको आदेश दिन सक्नेछन् । समाचार अनुसार यस्तो अवस्थामा विद्यालयका प्रधानाध्यापकले शिक्षा मन्त्रालयलाई जानकारी दिनुपर्नेछ, जसले अनुसन्धान थाल्छ र विद्यार्थीलाई पारिवारिक हेरचाहमा सार्ने आदेश दिनेछ। 

त्यसपछि परिवारको हेरचाहले विद्यार्थीलाई आफूसँगै राखेर यस विषयमा अनुसन्धान गर्नेछ।

समाचार अनुसार अनुसार, यदि एक विद्यार्थीले ४ दिन बिदा लिन्छ भने प्रारम्भिक चेतावनी जारी गरिनेछ। यसपछि विद्यार्थीले ५ दिन बिदा लिएपछि दोस्रो पटक चेतावनी दिइ अभिभावकलाई जानकारी गराइनेछ । १० दिनको अनुपस्थिति पछि तेस्रो चेतावनी जारी गरिनेछ र अभिभावकलाई बोलाइनेछ। १५ दिन अनुपस्थित भएपछि विद्यार्थीलाई शिक्षा विभाग मार्फत अर्को विद्यालयमा स्थानान्तरण गरिनेछ। त्यसैगरी २० दिनपछि शिक्षा विभागले बाल संरक्षण ऐनका प्रावधान कार्यान्वयन गर्नेछ ।

बेलायती पत्रकार र मन्त्रीसहित ५४ जनालाई रुसले लगायो प्रतिबन्ध

इकागज | भदौ ७, २०८०

लन्डन- बेलायतले आफ्ना नागरिक र उद्यमहरू विरुद्ध लगाएको प्रतिबन्धको प्रतिक्रिया स्वरूप रुसले पनि थप ५४ बेला...

वाग्नर समूहका प्रमुख चढेको विमान दुर्घटना हुँदा कहाँ थिए रूसी राष्ट्रपति पुटिन ?

इकागज | भदौ ७, २०८०

मस्को- वाग्नरका नेता येवगेनी प्रिगोजिनको विमान दुर्घटनामा मृत्यु हुँदा रुसी राष्ट्रपति भ्लादिमर...