विश्व

लिबिया बाढी: २० हजारले ज्यान गुमाएको आशंका

इकागज | भदौ २८, २०८०

लिबिया - लिबियामा ड्यानियल आँधीसँगै परेको मुसलधारे वर्षापछिको बाढीले दुई वटा बाँध भत्काउँदा करिब २० हजार जनाले ज्यान गुमाएको आशंका गरिएको छ । 

पूर्वी लिबियाको बन्दरगाह शहर डेर्नाका प्रमुख अब्दुलमेनम अल–गैथीधच अनुसार बाढीमा परी १८ हजारदेखि २० हजार मानिसको मृत्यु भएको छ । दुई वटा बाँध फुट्दा डेर्ना नगर र आसपासका जिल्लाका बासिन्दाको तथ्यांकमा आधारित भएर उनले त्यति धेरै लिबियालीले ज्यान गुमाएको बताएका हुन् । डेर्ना र वरपरका जिल्लामा भएको अकल्पनीय विनाशका आधारमा मृतकको सङ्ख्या २० हजारको हाराहारीमा पुगेको अल–अरेबिया टिभीलाई उनले बताएका छन् । 

बाढीमा पाँच हजार तीन सयभन्दा बढीको मृत्यु भइसकेको र कम्तीमा दश हजारभन्दा धेरै हराइरहेका अन्तराष्ट्रिय सहायता निकायहरूले पुष्टि गरेका छन् । बाढीले भत्काएका सडकका चेप र खोच तथा  समुद्र किनारमा पुर्‍याएका शव निकाल्ने काम भइरहेको छ । 

लिबियाका दुवै प्रतिद्वन्द्वी सरकारले बाढी पीडितहरूको लागि राहत सामग्री परिचालनमा समन्वय गरिरहेका छन् भने इजिप्ट, ट्युनिसिया, इटाली, स्पेन र टर्कीलगायत देशबाट उद्धार टोली त्रिपोली आइपुगेका छन्  । 
 

लिबियामा बाढीका कारण मृत्यु हुनेको संख्या ५ हजार ५ सय पुग्यो, १० हजार बेपत्ता

इकागज | भदौ २८, २०८०

काठमाडौं– पूर्वी लिबियामा आएको विनाशकारी बाढीबाट मृत्यु हुनेको संख्या ५ हजार ५ सय पुगेको छ ।&n...

अफगानिस्तानमा चीनका राजदूत नियुक्त, राजदूत नियुक्ती गर्ने चीन पहिलो देश

इकागज | भदौ २८, २०८०

काबुल- सन् २०२१ मा अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि चीनले काबुलमा आफ्नो पूर्णकालिक राजदूत नियुक्त ग...

रुससँग उत्तर कोरियाको सम्बन्ध विकास गर्नु उच्च प्राथमिकताः किम जोङ उन

इकागज | भदौ २७, २०८०

काठमाडौँ - प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका शीर्ष नेता किम जोङ उनले रुससँग उत्तर कोरियाको सम्...

अमेरिकी राष्ट्रपति बाइडनमाथि भष्ट्राचारको आरोप, महाअभियोगका लागि छानबिनको अनुमति

इकागज | भदौ २७, २०८०

वासिंग्टन डिसी- अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पपछि अब जो बाइडन पनि समस्यामा परेका छन् ।  अ...