घटना-दुर्घटना

लिबियामा बाढीका कारण मृत्यु हुनेको संख्या ५ हजार ५ सय पुग्यो, १० हजार बेपत्ता

इकागज |
भदौ २८, २०८० बिहीबार १५:२१ बजे

काठमाडौं– पूर्वी लिबियामा आएको विनाशकारी बाढीबाट मृत्यु हुनेको संख्या ५ हजार ५ सय पुगेको छ । 

अन्य ७ हजार बढी घाइते भएको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् । त्रिपोलीस्थित आपत्कालीन सेवाका प्रवक्ता ओसामा अलीले मृतकको यकिन संख्या अझै निर्धारण गर्न नसकिएको र अझै पनि बाढीबाट प्रभावित क्षेत्रहरुबाट शव निकाल्ने काम भइरहेको बताए । 


बाढी प्रभावित क्षेत्रमा करिव १० हजार मानिस बेपत्ता भएको र ३० हजार बढी बिस्तापित भएको बताइएको छ । साथै अत्यावश्यक सामग्रीहरुको समेत अभाव हुन थालेको बताइएको छ । भूमध्यसागरीय आँधी पछिको बाढीका कारण पूर्वी लिबियामा ठूलो क्षति भएको छ ।
 

सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
 


Author

थप समाचार
x