समाज

बाघको आक्रमणबाट नवलपुरमा एक जना घाइते

इकागज |
बैशाख १७, २०८१ सोमबार १८:५१ बजे

नवलपुर- नवलपुरमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । मध्यविन्दु–५ बाघखोर निवासी ३० वर्षीय यमनारायण महतो माघको आक्रमणमा परी घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज दिउँसो पौने १ बजे मध्यविन्दु नगरपालिका–५ बाघखोरको हरियाली मध्यवर्ती सामुदायिक वनमा घाँस काटिरहेको अवस्थामा महतोलाई बाघले आक्रमण गरेको थियो । 


घाइते महतोको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । उनको मुख र शरीरमा चोट लागेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था मध्यम रहेको छ ।


Author

थप समाचार
x