विश्व

ग्रिकमा बाढीबाट मृत्यु हुनेको संख्या १० पुग्यो

इकागज | भदौ २४, २०८०

काठमाडाैं । ग्रिकमा बाढीका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ । बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि ग्रिकका प्रधानमन्त्री किरियाकोस मित्सेटाकिसले प्रभावित सबैलाई पूर्ण रुपमा सहयोग गर्न निर्देशन दिए।

ग्रिस नागरिक संरक्षण र जलवायु संकटमन्त्री भासिलिस किलियासाले बाढीबाट मृत्यु हुनेको संख्या १० पुगेको घोषणा गर्दै पीडितलाई तत्काल राहत र उद्धार गर्न आग्रह गरे । ग्रिकका मौसमविद्का अनुसार डेनियल भनेर चिनिने आँधीले सोमबारदेखि ग्रिकमा प्रभावित बनाएको थियो । जसका कारण बाढी आउनुका साथै बाढीले घर, पुल, बाँध र सडकहरु भत्काएको छ । तीन वर्षअघि पनि इयानोस आँधीका कारण धेरै क्षति भएको थियो ।

(सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री)

बेलायती महारानी र प्रधानमन्त्रीविरूद्द जातीय भेदभावको सन्देश पठाउने ६ जना जेल चलान

इकागज | भदौ २४, २०८०

लन्डन। बेलायतका पाँच पूर्व मेट्रोपोलिटन पुलिस अधिकारीहरूलाई बेलायती प्रधानमन्त्री ऋषि सुनक र स्वर्गीय महा...