विश्व

स्पेनका राष्ट्रपतिलाई कोरोना संक्रमण, जी २० सम्मेलनमा सहभागी नहुने

इकागज | भदौ २२, २०८०

म्याड्रिड- स्पेनका राष्ट्रपति पेड्रो सान्चेज कोरोना संक्रमित भेटिएका छन् ।

जसका कारण अब उनी भारतमा हुन लागेको जी–२० शिखर सम्मेलनमा सहभागी हुने  छैनन् । पेड्रो सान्चेज जी–२० बैठकमा सहभागी हुन भारत आउने भएका थिए तर अहिले उनको भ्रमण रद्द भएको छ ।

सामाजिक सञ्जाल प्लेटफर्म एक्सको एकको पोस्टमा सान्चेजले लेखेका छन, ‘मैले आज दिउँसो स्वास्थ्य परीक्षण गरेको छु, काेराेना पाेजिटिभ देखिएकाे छ, त्यसैले म जी २०  बैठकको लागि दिल्ली जान सक्दिन। तैपनि मलाई राम्रो महसुस भइरहेको छ।’ राष्ट्रपति पेड्रो सान्चेजको सट्टा अब स्पेनी उपराष्ट्रपति नादिया क्याल्भिनो, आर्थिक मामिला मन्त्री र विदेश मन्त्री अब जी २० बैठकमा सहभागी हुनेछन्।

उल्लेखनीय छ कि स्पेनका राष्ट्रपति पेड्रो सान्चेज नयाँ दिल्लीमा हुन लागेको बैठकमा उपस्थित नहुने तेस्रो जी २० नेता हुन्। यसअघि चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि यो बैठकमा सहभागी नहुने जनाएका छन ।

फिनल्याण्डकी पूर्वप्रधानमन्त्री मारिनद्वारा संसद्‌ सदस्यबाट राजीनामा

इकागज | भदौ २२, २०८०

हेलसिन्की- गत अप्रिलमा निर्वाचनमा पराजित सोसल डेमोक्र््याट्स पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री सन्ना मारिनल...

बाइडेनका छोरा हन्टरले अवैध रूपमा बन्दुक राखेको बिषयमा अभियोग दर्ता गरिने

इकागज | भदौ २१, २०८०

ह्युस्टन - विशेष सल्लाहकार डेभिड वीसले अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनलाई यस महिन...

अमेरिकी पूर्वराष्ट्रपति ओबामासँग दुई पटक शारीरिक सम्बन्ध राखेको एक पुरूषको दाबी

इकागज | भदौ २१, २०८०

वासिंग्टन डिसी- अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको बारेमा एक व्यक्तिले चकित पार्ने दाबी गरेका छन् ।&nb...

अस्वस्थ नेत्री आङ सान सुचीलाई स्वास्थ्य सेवाबाट वञ्चित गरिएको आरोप

इकागज | भदौ २०, २०८०

लण्डन - सैनिक हिरासतमा रहनु भएकी  म्यान्माकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीलाई वास्थ्य सेवाबाट वञ्...