विश्व

स्वीटजरल्याण्डमा बुर्का लगाउन प्रतिबन्ध

इकागज | असोज ५, २०८०

जेनेभा- इरानमा हिजाब नलगाउने महिलामाथि कारबाही गर्ने विधेयक पारित गरिरहेको बेला युरोपबाट अर्को समाचार आएको छ । 

स्वीट्जरल्याण्डको संसदले हालै अनुहार छोप्ने बुर्का लगाउन प्रतिबन्ध लगाउने प्रस्तावलाई अनुमोदन गरेको छ । 

समाचार अनुसार विधेयकको पक्षमा १५१ र विपक्षमा २९ मत परेको थियो । 

स्वीस संसदको माथिल्लो सदनले यसअघि नै यो विधेयकलाई अनुमोदन गरिसकेको छ । नियम उल्लंघन गरे ९२ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

युक्रेनले खाद्यान्न निर्यात विवादमा सम्झौता गर्न सहमत नभए व्यापार प्रतिबन्ध लगाउने

इकागज | असोज ४, २०८०

किभ- युरोपेली सङ्घ (ईयू) का तीन सदस्य राष्ट्रले आफ्नो खाद्यान्न निर्यात विवादमा सम्झौता गर्न सहमत नभएमा उनी...