विश्व

द्वन्द्वले युक्रेनमा १५० अर्ब डलरको क्षति

इकागज | असोज १८, २०८०

किएभ - जारी रुस–युक्रेन द्वन्द्वले यस वर्षको सेप्टेम्बरसम्ममा युक्रेनको पूर्वाधारमा एक सय ५१ अर्ब २० करोड अमेरिकी डलर बराबरको प्रत्यक्ष क्षति पुगेको इन्टरफ्याक्स–युक्रेन समाचार समितिले जनाएको छ । 

किएभ स्कुल अफ इकोनमिक्सको अध्ययनअनुसार द्वन्द्वले सबैभन्दा बढी आवास क्षेत्र प्रभावित भएको छ । युद्धका कारण करिब एक लाख ६७ हजार दुई सय निजी घर, अपार्टमेन्ट भवन र छात्रावासहरू नष्ट वा क्षतिग्रस्त भएका छन् । 

त्यसैगरी दुई मुलुकबीच द्वन्द्व सुरु भएयता युक्रेनमा १८ वटा विमानस्थल र सिभिल एयरफिल्डका साथै तीन सय ४४ पुल र ओभरपास क्षतिग्रस्त भएका छन् भने कम्तीमा चार सय २६ ठूला र मध्यम आकारका उद्यमहरू प्रभावित भएका छन् ।
रासस

फ्रान्सका राष्ट्रपति म्याक्रोँद्वारा जनमत सङ्ग्रहमा थप बिषय समावेश गर्ने घोषणा

इकागज | असोज १८, २०८०

पेरिस- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले जनमत सङ्ग्रहमा मतदान गर्न सकिने विषयको दायरा फराकिलो बनाउन...

अमेरिकाका ७५ हजार बढी स्वास्थ्यकर्मीद्वारा हड्ताल शुरू

इकागज | असोज १८, २०८०

वासिङ्टन- कर्मचारीको स्तरको विवाद सुल्झाउन नसकेपछि कैसर परमानेन्टी नामक स्वास्थ्य संस्थामा कार्यरत ७५ हजारभ...