विश्व

हमास–इजरायल युद्धमा चार अमेरिकी मारिएको पुष्टी

इकागज | असोज २२, २०८०

गाजा- इजरायल र प्यालेस्टाइनबीच जारी युद्धका कारण अहिलेसम्म सयौंको ज्यान गइसकेको छ । यस युद्धले निम्त्याएको विनाशले सबैलाई हल्लाएको छ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार यस युद्धमा अहिलेसम्म १ हजार भन्दा बढीको ज्यान गएको छ भने हजारौं घाइते भएका छन । गत शनिबार देखी सुरु भएको युद्धमा सयौं अपहरणमा परेका छन, अझै त्यसको विस्तृत विवरण आइसकेको छैन ।

यसैबीच सीएनएनमा उल्लेख भएको समाचार अनुसार अमेरिकी कांग्रेसका सदस्यहरूले इजरायलमा भएको आक्रमणमा चार अमेरिकी नागरिकको पनि ज्यान गएको बताएका छन् । 

संसदको प्रमुख समितिको बैठकमा उक्त जानकारी दिइएको हो । युद्धमा ज्यान गुमाउने अमेरिकीहरुको संख्या बढ्दै गएको छ, तथ्यांक संकलन गर्ने कार्य जारी रहेको छ । 

उता इजरायलको हवाई आक्रमणमा १४ प्यालेस्टाइनीको मृत्यु भएको हमासले जनाएको छ । मृत्यु हुनेमा बालबालिका र महिला पनि छन् । यो हवाई आक्रमण गाजाको रफाह क्षेत्रमा गरिएको हो ।

समुन्द्रमा आणविक फोहोर पानी : जापानी सामुन्द्रिक खाद्यान्‍न आयातमा धेरै देशमा प्रतिबन्ध

इकागज | असोज २१, २०८०

टोकियो- स्थानीय मछुवाहरू र अन्य देशहरूको बढ्दो विरोधको बाबजुद जापानले बिहीबार आफ्नो आणविक-दूषित ...