विश्व

सन् २०३६ को ओलम्पिक आयोजनाका लागि भारतको दावेदारी

इकागज | असोज २८, २०८०

मुम्बई- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०३६ को ग्रीष्मकालीन ओलम्पिक आयोजनाका लागि आफ्नो देशले दावेदारी पेश गर्ने र ओलम्पिक आयोजना गर्ने चौथो एसियाली राष्ट्र बन्ने शनिबार बताएका छन् ।

विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएको भारतले यसै साता अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) को कार्यकारी बोर्डको बैठक आयोजना गर्दैछ, जसले सन् २०२८ मा लस एन्जलसमा हुने ओलम्पिक खेलमा भारतको सबैभन्दा लोकप्रिय खेल क्रिकेटलाई समावेश गर्ने निर्णय गरिसकेको छ । 

मोदीले आफ्नो सरकारका सदस्यहरूको महिनौंको संकेतपछि बैठकको औपचारिक उद्घाटन गर्दै यो भारतका एक अर्ब ४० करोड जनताको ‘सपना र आकांक्षा’ भएको बताएका थिए ।  

“सन् २०३६ को ओलम्पिक आयोजनाका लागि भारतले कुनै कसर बाँकी राख्ने छैन,” उनले भने । 

प्रधानमन्त्री मोदीले ओलम्पिक आयोजनाका लागि कुन शहरले आवेदन दिने भन्नेबारे भने केही बताएनन् ।  

तर सञ्चारमाध्यमका अनुसार उनको गृह राज्य गुजरातको राजधानी अहमदावादले खेल आयोजनाका लागि आवेदन दिने सम्भावना सबैभन्दा बढी रहेको छ । (एएफपी)

न्यूजिल्याण्ड चुनावको प्रारम्भिक नतिजाले क्रिस्टोफर लक्सन प्रधानमन्त्री बन्ने संकेत

इकागज | असोज २७, २०८०

न्यूजिल्याण्ड - न्यूजिल्याण्डमा शनिबार आम निर्वाचनको मतदान सकिएको छ । अहिले मतगणना जारी छ । प्र...

इजराइलको निकासी योजना ‘पूर्णतः असम्भव’ : इयु विदेश नीति प्रमुख बोरेल

इकागज | असोज २७, २०८०

बेइजिङ- युरोपेली युनियन (इयु) का विदेश नीति प्रमुख जोसेप बोरेलले उत्तरी गाजाबाट एकै दिनमा १० लाखभन्द...

प्यालेस्टाइनीलाई भूमि छाड्न दिएको इजरायली आदेशप्रति कुवेतको आपत्ति

इकागज | असोज २७, २०८०

कुवेत- इजरायलले गाजामा प्यालेस्टाइनीहरूलाई जबरजस्ती खाली गर्न दिएको आदेश कुवेतले अस्वीकार गरेको छ ।&nb...

गाजाका अस्पतालमा हजारौं बिरामी, इजरायली चेतावनी रोक्नुपर्ने डब्लुएचओको माग

इकागज | असोज २७, २०८०

गाजापटटी- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गाजाका अस्पतालहरूबाट गम्भीर घाइतेहरूलाई सुरक्षित रूपमा बाहि...