विश्व

इजरायली आक्रमणका 'मास्टर माइन्ड' मारेको इजरायलको दाबी

इकागज | कात्तिक ११, २०८०

जेरुसेलम- इजरायल–हमास युद्ध जारी छ । इजरायलद्वारा गाजामा लगातार बमबारी जारी छ । हिजो राति भएको यो युद्धमा इजरायली रक्षा बलले ठूलो सफलता हासिल गरेको समाचार छ । 

इजरायली सेनाका अनुसार आइडीएफका लडाकू विमानहरूले हमासका लडाकू विमानका प्रमुख एसेम अबु रकाबालाई आक्रमण गरेका थिए, जुन आक्रमणमा उनको मृत्यु भएको छ । 

हमासले गत अक्टोबर ७ मा इजरायलमा आक्रमण गर्ने डरलाग्दो योजना बनाउनमा अबु रकाबाको संलग्नता रहेको इजरायलले आरोप लगाउँदै आएको थियो ।

उसका अनुसार रकाबाले प्याराग्लाइडरमा इजरायलमा घुसपैठ गर्ने आतंककारीहरूलाई आदेश दिएका थिए र इजरायली सैन्य लक्ष्यहरूमा ड्रोन आक्रमणका लागि जिम्मेवार थिए । आइडिएफले ट्वीट गर्दै यो जानकारी दिएको हो ।  

‘रातभर आइडीएफका लडाकू विमानहरूले हमासको हवाई एरेका प्रमुख असाम अबू रकाबालाई आक्रमण गरे । अबु रकाबा हमासको ड्रोन, प्याराग्लाइडर, हवाई पत्ता लगाउने र रक्षाको लागि जिम्मेवार थिए । उनी अक्टोबर ८ मा भएको नरसंहारको योजना बनाउनमा संलग्न थिए र प्याराग्लाइडरहरूमा इजरायलमा घुसपैठ गर्ने र ड्रोन आक्रमण गर्ने आतंककारीहरूलाई आदेश उनैले दिएका थिए ।’

गाजाबाट रिर्पोटिङ गर्ने पत्रकारको सुरक्षा ग्यारेन्टी गर्न सकिँदैन् : इजरायल

इकागज | कात्तिक ११, २०८०

तेलअहिव- इजरायलले गाजा क्षेत्रबाट रिपोर्टिङ गर्ने पत्रकारको सुरूक्षाको ग्यारेन्टी गर्न नसकिने जनाएको छ ।&n...

नर्वे र स्वीडेनले सीमापार अपराध राेक्न संयुक्त प्रहरी चौकी स्थापना गर्ने

इकागज | कात्तिक ११, २०८०

ओस्लो- नर्वे र स्वीडेनले सीमापार अपराध नियन्त्तणका लागि सीमामा संयुक्त प्रहरी चौकी स्थापना गर्ने भएका छन् ।...