इजरायल–हमास युद्धः अमेरिकाले पनि अस्वीकार गर्यो युद्धविरामको आव्हान
काठमाडौं - इजरायल–हमाासबीच युद्ध विरामको आव्हानलाई अमेरिकाले पनि अस्वीकार गरेको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्धविरामको आव्हानलाई अस्वीकार गरेका बेला अमेरिकाले पनि अस्वीकार गर्दै इजरायललाई साथ दिएको हो ।
तीन साताअघि ७ अक्टोबरमा इजरायलमाथि प्यालेस्टाइनको विद्रोही समूह हमासले आक्रमण गरेपछि अहिले दुवैतर्फबाट बमबारी भइरहेका छन् ।
यही बेला अमेरिकाले इजरायल र हमासबीच युद्धविरामको लागि विश्वव्यापी आव्हानलाई अस्वीकार गरेको हो ।
अमेरिकाको राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले युद्धविरामको लागि विश्वव्यापी आव्हानलाई अस्वीकार गरेका हुन् ।
हाल, गाजाका २.२ मिलियन बासिन्दाहरूको लागि खाना, पानी, इन्धन र औषधि चरम अभाव भएको छ । तर, इजरायलले पनि हमास ध्वस्त नभएसम्म युद्धविराम नहुने घोषणा गरिसकेको छ ।
न्यूज कारखाना