विश्व

बङ्गलादेशमा सुरक्षा व्यवस्था मजबुत बनाउन अर्धसैनिक सुरक्षा बल तैनाथ

इकागज | कात्तिक १७, २०८०

ढाका- बङ्गलादेशमा जारी श्रमिक आन्दोलन कारण राजधानी ढाका र आसपासका प्रमुख औद्योगिक क्षेत्रमा कुनै अप्रिय घटना हुन नदिन अर्धसैनिक बल बोर्डर गार्ड बंगलादेश (बीजीबी) का सुरक्षाकर्मी परिचालन गरिएको छ । 

बीजीबी मुख्यालयका जनसम्पर्क अधिकृत सरिफुल इस्लामले बिहीबार पत्रकारहरूलाई बताएअनुसार आशुलिया, सावर, मीरपुर, रामपुरा, अब्दुल्लाहपुर, तोंगी, गाजीपुर, कोनाबारीलगायत विभिन्न औद्योगिक क्षेत्रमा सेना तैनाथ गरिएको छ । 

ढाका र अन्य स्थानमा मासिक २३ हजार टाका (करिब २०० अमेरिकी डलर) न्यूनतम आधारभूत तलबको माग गर्दै दशौँ हजार श्रमिकले विगत केही दिनदेखि प्रदर्शन गरिरहेका छन् ।

यसैबीच, ढाकाका तयारी पोशाक (रेडिमेड गार्मेन्ट्स) उत्पादकहरूले बिहीबार उच्च तलब संरचनासहितको नयाँ ज्याला प्रस्तावलाई अर्को हप्ता न्यूनतम ज्याला बोर्डमा पठाउनेबारे विचार गरिरहेको बताएका छन् ।

उच्च ज्यालाको माग गर्दै जारी मजदुर आन्दोलनका कारण ढाका र आसपासका क्षेत्रमा कम्तीमा ३०० गार्मेन्ट कारखानाहरू बन्द भएका छन् । (एएफपी)

२४ घण्टामा जबलियामा इजरायलको दुई आक्रमण, १९५ जनाको मृत्यु, ७७७ जना बेपत्ता

इकागज | कात्तिक १६, २०८०

गाजा- जबलियामा इजरायली बम विष्फोटमा परेर अहिलेसम्म झण्डै दुई सय जनाको मृत्यु भएको छ भने सयभन्दा बढी बे...

गाजा शरणार्थी शिविरमा भएको आक्रमणको संयुक्त राष्ट्रसंघद्वारा निन्दा

इकागज | कात्तिक १६, २०८०

संयुक्त राज्य अमेरिका- संयुक्त राष्ट्रसंघले गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविरमा हमासका एक कमाण्डरलाई लक्...