समुन्द्रमा भेटियो २ हजार वर्ष पूराना ३० हजार बढी तामाका सिक्का
रोम- इटालीमा हालै ३० हजारभन्दा बढी पुरातात्विक महत्वका सिक्काहरू भेटिएका छन् ।
ईस्वी चौथो शताब्दीका ३० हजार बढी ठूला तामाका सिक्काहरू इटालीको सार्डिनियाको तटमा फेला परेका हुन् ।
एउटा डुबेको जहाजको अध्ययन गर्ने क्रममा हजारौंको संख्यामा सिक्काहरू फेला परेका हुन्, जो इटालियन संस्कृतिलाई देखाउन र अझै बढी बुझ्न सजिलो हुने भएको छ ।
‘गोताखोरले अर्जाचेना सहर नजिकै उथले पानीमा केही धातुका अवशेषहरू देखे,’ इटालीको संस्कृति मन्त्रालयले भनेको छ, ‘यी रोमन काँसा अर्थात तामाका सिक्का पनि पछि बाइजान्टिन मुद्राको रूपमा प्रयोग गरिएको थियो ।'
यसरी फेला परेका सिक्काको कुल संख्या ३० हजारदेखि ५० हजारसम्म रहेको मन्त्रालयले जनाएको छ । यो सन् २०१३ मा युनाइटेड किंगडमको सिटनमा फेला परेको २२,८८८ फोलिस होर्डभन्दा बढी रहेको जनाइएको छ ।
प्राप्त गरिएका सबै सिक्काहरू संरक्षण गरिएको छ र यी तामाका सिक्काहरूलाई दुर्लभको सूचीमा राखिएको छ । केवल केही अक्षर मात्रै क्षतिग्रस्त तर धेरैजसो अझै पनि पढ्न योग्य छन् । समाचारअनुसार यसरी फेला परेका सिक्काहरू ३२४ देखि ३४० ईस्वीसम्मको हो र रोमन साम्राज्यमा टक्सारहरूले यसलाई उत्पादन गरेका थिए।
‘अर्जाचेनाको पानीमा भेटिएको खजानाले हालैका वर्षहरूमा न्यूमिमेटिक खोजहरूको सबैभन्दा महत्त्वपूर्ण आविष्कारहरूको प्रतिनिधित्व गर्दछ,' ला रोकाले भने, ‘यस क्षेत्रमा असाधारण सम्पदा छ तर यो क्रमशः धेरै कमजोर अवस्थामा रहेको छ, निरन्तरको प्राकृतिक घटना र मानव कार्यद्वारा यी स्थलहरूलाई क्रमशः कमजोर बनाउँदै लगेको छ ।’