विश्व

सोमालियामा भारी वर्षा, बाढीका कारण कम्तीमा ५० जनाको मृत्यु

इकागज | मंसिर १, २०८०

मोगादिसु- सोमालियामा अक्टोबरदेखि सुरु भएको भारी वर्षाका कारण आएको बाढीमा परी ५० जनाको ज्यान गएको छ । वर्षाजन्य विपत्तिका कारण ५० लाखभन्दा बढी विस्थापित भएको राष्ट्रिय प्रकोप एजेन्सीले जनाएको छ ।

सोमालिया विपद् व्यवस्थापन एजेन्सीले सोमालियाका अन्य भागहरूमा पहिरो र बाढीका कारण बालीनाली र पशुधन नष्ट भएको बताएको छ ।

सोमालियाको राजधानी मोगादिसुमा बिहीबार साँझ पत्रकारहरूलाई सोमालियाका आयुक्त मोहम्मद मोआलिमले भनेका छन्, 'देशमा आएको बाढीका कारण ५० जनाको मृत्यु भएको छ र आधा लाखभन्दा बढी नागरिक विस्थापित भएका छन् ।'

विस्थापनका कारण बढ्दो मानवीय आवश्यकता र सम्पत्तिको थप विनाश हुन सक्ने संयुक्त राष्ट्रको चेतावनीपछि एजेन्सीले बाढी पीडितहरूलाई मद्दत गर्न दक्षिणी सोमालियाको बर्धेरे जिल्लामा राहत कार्गो विमान पठाएको छ ।

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसंघको कार्यालय (ओसीएचए) ले भारी वर्षा र बाढीका कारण १२ लाख ४० हजार मानिस प्रभावित भइसकेको र अझै बढी हुने अनुमान गरेको छ ।

संयुक्त राष्ट्रसंघ र यसका साझेदारहरूको अनुमानअनुसार चालू डेयर (अक्टोबर देखि डिसेम्बर) वर्षाको मौसममा बाढीबाट १६ लाख मानिस प्रभावित हुन सक्ने र १५ लाख हेक्टर खेतीयोग्य जमिन नष्ट हुन सक्नेछ ।

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि सङ्गठनले व्यवस्थापन गरेको सोमालियाको जल तथा भूमि सूचना व्यवस्थापनले सोमबार जारी गरेको  जानकारी अनुसार बर्धेरे र डाउनस्ट्रीममा साकोव र बुवालेमा म्याग्निच्युड बढ्दै जाँदा जुबा नदीमा ठूलो बाढी आएको बताइएको छ । रासस-सिन्ह्वा

अमेरिका पुगेर चिनियाँ राष्ट्रपति सीले भने- चीनले एक इन्च पनि अर्काको भूमि मिचेको छैन

इकागज | मंसिर १, २०८०

सान फ्रान्सिसिको- चिनियाँ राष्ट्रपति सी चिनफिङ अहिले अमेरिका भ्रमणमा छन् ।  उनले बुधबार (नोभेम्ब...

दुई कारणले देख्छन् अमेरिकी राष्ट्रपति बाइडन चिनियाँ राष्ट्रपति सीलाई 'तानाशाह'

इकागज | कात्तिक ३०, २०८०

अमेरिका- अमेरिकी राष्ट्रपति जो बाइडनले आफना चिनियाँ समकक्षी सी चिनफिङ ‘तानाशाह’ भएको पुन...

सीसँग चार घण्टा वार्तापछि बाइडनले भने- उहाँ सिधा मान्छे, मेरोभन्दा दृष्टिकोण फरक छ

इकागज | कात्तिक ३०, २०८०

सान फ्रासिन्सिको- अमेरिकी राष्ट्रपति जो बाइडन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचमा भेटवार्ता भएको छ । ...