विश्व

८ वर्षपछि रिहा भइन् प्यालेस्टाइनी मराह, भन्छिन् : धेरै जना मारिएपछि रिहा भयौँ

इकागज | मंसिर ९, २०८०

गाजा- हमासले बन्धक बनाएको समूहको बदलामा इजरायली जेलबाट जम्मा ३९ प्यालेस्टिनी बन्दी रिहा भएका छन् ।

उनीहरूमाथि ढुङ्गा हानेदेखि हत्या प्रयाससम्मका विभिन्न अपराधको आरोप छ । कतिपयलाई सजाय सुनाइयो भने कतिपय मुद्दाको पर्खाइमा थिए ।

२४ महिला र १५ किशोर किशोरीहरूको समूहलाई कब्जा गरिएको वेस्ट बैंकको बेतुनिया चेकपोइन्ट पार गरिएको थियो ।

रिहा भएका महिलामध्ये एक हुन् मराह बेकीर । उनी शुक्रबार राति जेरुसेलमको बेट हानिनामा रहेको आफ्नी आमाको घर पुगेकी थिइन् ।

उनी २०१५ मा पक्राउ परेकी थिइन्, जब उनी १६ वर्षकी थिइन् । र, सीमा प्रहरी अधिकारीमाथि चक्कु प्रहार गरेको आरोपमा साढे आठ वर्षको जेल सजाय सुनाइएको थियो ।

मराहले पर्खिरहेका पत्रकारहरूलाई भने, ‘यो सम्झौता धेरै मानिसहरूको मृत्युपछि आएको हो र यसले हामीलाई दुखी र असहज बनाउँछ ।’ 

‘सम्झौताको समाचार एक आश्चर्य थियो,’ उनले थपिन् ।

'हमास–इजरायल द्वन्द्वका कारण प्यालेस्टिनी बेरोजगारी दर ७० प्रतिशत पुग्यो'

इकागज | मंसिर ८, २०८०

गाजा - हमास–इजरायलबीचको रक्तपातपूर्ण द्वन्द्वका कारण प्यालेस्टिनीमा बेरोजगारी दर ह्वातैै बढेर ...

इजरायल-हमासबीच केहीबेरमा युद्धबिराम हुँदै, हमासले आजै १३ बन्दीलाई रिहा गर्ने

इकागज | मंसिर ८, २०८०

कतार- इजरायल र हमासबीचको युद्धबीच भएको सम्झौताअनुसार आजदेखि बन्धकहरूलाई रिहा गरिने भएको छ । जवाफम...

इन्धनको मूल्य बढेसँगै अस्ट्रेलियालीहरूले कम सवारी चलाएको निस्कर्ष

इकागज | मंसिर ८, २०८०

अस्ट्रेलिया- इन्धनको मूल्यमा भएको वृद्धिका कारण अधिकांश अस्ट्रेलियालीहरूले कम गाडी चलाउने गरेको एक सर्वेक्...