विश्व

‍अस्पताल मुनि हमासको सुरूङ- इजरायल, बनाएका छैनौं- हमास

इकागज | मंसिर ४, २०८०

गाजा- इजरायलले हमासले अल शिफा अस्पताल मुनिको ५५ मिटर लामो सुरुङमा एक सैनिक र दुई विदेशीलाई बन्धक बनाएको आरोप लगाएको छ । 

इजरायली सेनाले एउटा भिडियो पोस्ट गर्‍यो- जसमा सुरुङ देखाइएको थियो । सेनाले अल शिफाको कम्पाउन्ड मुनि १० मिटर गहिरो सुरुङ खनेको दाबी गरेको छ ।

गत हप्ता इजरायलले अल शिफा अस्पताल कब्जा गरेको थियो, त्यसपछि इजरायली सेनाले अस्पतालका धेरै भवनहरू खोजी र धेरै कथित प्रमाणहरू प्रस्तुत गरिरहेको छ । उसको दाबी अनुसार अस्पताल मुनिको बंकरमा हमास लडाकुहरू बसिरहेका थिए ।

समाचार एजेन्सी रोयटर्सका अनुसार हमासले भने गाजाभरि सयौं किलोमिटर लामो सुरुङ निर्माण गरेको स्वीकार गरेको छ । हमासले आफूसँग सुरुङ, बङ्कर र एक्सेस शाफ्टको सञ्जाल रहेको स्वीकार गरेको छ । तर अल शिफाभित्र कुनै पनि सुरुङ निर्माण नगरेको हमासले जनाएको छ ।

इजरायली सेनाले अल सिफा अस्पतालमा आफ्ना सबै नागरिकहरूको खोजी गरिरहेको जनाएको छ, जसलाई हमासले अक्टोबर ७ को हमलापछि अपहरण गरेको थियो । जसअनुसार इजरायली सेनाले अल शिफा नजिकै एक बन्धक महिलाको शव फेला पारेको थियो । इजरायलले उक्त महिलाको नाम नोआ मार्सियानो भएको र उनी इजरायली सेनाको सिपाही भएको दाबी गरेको छ ।

यद्यपि हमासले इजरायलको आरोप अस्वीकार गरेको छ तर नोआ मार्सियानो इजरायली हवाइ हमलाको परिणाममा मारिएको जनाएको छ ।

नोआको मृत्युमा सेनाले भन्यो, ‘नोआको अल शिफा अस्पतालमा हमास आतंकवादीले हत्या गरेको थियो । इजरायली सेनाले मार्सियानोको परिवारको हेरचाह गर्नेछ । हामी बन्धकहरूलाई फिर्ता ल्याउन हरसम्भव प्रयास गरिरहेका छौं ।’

१६ जना बालबालिकासँग यौन दुर्व्यवहार गर्ने ‘मोन्स्टर नानी’लाई ७०७ वर्षको जेल सजाय

इकागज | मंसिर ४, २०८०

क्यालिफोर्निया- नाबालिगहरूलाई दुर्व्यवहार गरेको आरोपमा ७०७ वर्षको सजाय पाएका ‘मोन्स्टर नानी’...

इजरायली हमलामा गाजामा थप तीन पत्रकार मारिए, मारिने पत्रकारको संख्या ४८ पुग्यो

इकागज | मंसिर ४, २०८०

गाजा- गाजामा इजरायली हमलामा थप तीन पत्रकार मारिएका छन् ।  गाजामा एक प्रमुख मिडिया संस्थाका प्र...

इजरायल र हमासबीच भएको बन्धक सम्झौताका लागि ‘सामान्य’ कठिनाइ मात्र बाँकी

इकागज | मंसिर ४, २०८०

दोहा- प्यालेष्टिनी कट्टरपन्थी इस्लामिक लडाकू समूह (हमास)ले गत अक्टोबर ७ मा इजरायलमाथि गरेको आक्रमणमा कब्ज...

स्पेनमा पृथकतावादीलाई आममाफी दिने प्रस्तावित कानुनको विरोधमा प्रदर्शन

इकागज | मंसिर ३, २०८०

मड्रिड - क्याटालोनियाका पृथकतावादी र अधिकारकर्मीका लागि प्रस्तावित आममाफीसम्बन्धी कानुनको विरोधमा श...

विश्वकप क्रिकेटको फाइनल हेर्न प्रधानमन्त्री मोदी अहमदाबाद जाने

इकागज | मंसिर २, २०८०

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आइतबार हुने विश्वकप क्रिकेटको फाइनलमा सहभागी हुने भएका छ...

अमेरिका र मेक्सिकोका राष्ट्रपतिबीच आप्रवासनबारे छलफल

इकागज | मंसिर २, २०८०

सान फ्रान्सिस्को- अमेरिकी राष्ट्रपति जो बाइडन र मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोर बीच शु...