विश्व

दश दिनदेखि सुरुङमा फसेका भारतीय कामदार क्यामेरामा देखिए

इकागज | मंसिर ५, २०८०

नयाँ दिल्ली - दश दिनदेखि भत्किएको सुरुङमा फसेका ४१ भारतीय कामदारलाई मंगलबार पहिलोपटक क्यामेरामा जीवित देखिएको छ । उद्धारकर्मीहरूले उनीहरूलाई सुरुङबाट बाहिर निकाल्नका लागि नयाँ बाटो बनाउने प्रयास गरिरहेका छन् । 

प्रस्तावित मार्गमध्ये एउटा करिब आधा किलोमिटर लामो छ । थकित र चिन्तित देखिएका तथा बाक्लो दाह्री भएका पुरुषहरूलाई उद्धारकर्मीहरूले अक्सिजन, खाना र पानी पठाइने पातलो पाइपबाट तल पठाइएको इन्डोस्कोपिक क्यामेरामा हेरिरहेको देख्न सकिन्छ । 

सरकाले जारी गरेको भिडियोमा देखाइएको छ, “हामी तपाईंहरूलाई सुरक्षितरूपमा बाहिर ल्याउने छौ, चिन्ता नगर्नुहोस्”, उद्धारकर्मीहरूले क्यामेरा नजिक एकत्रित भएका सुरुङभित्र फसेका हेलमेट लगाएका मानिसहरूलाई भनेको सुन्न सकिन्छ । 

सुरुङको एक भाग भत्किएपछि एक्सक्याभेटरहरूले गत कात्तिक २६ गतेदेखि उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङबाट माटो, कङ्क्रिट र भग्नावेशष निकालिरहेका छन् । निरन्तर खसेको भग्नावशेषका साथै महत्त्वपूर्ण भारी ड्रिलिङ मेसिन बारम्बार बिग्रँदा वायुसेनाले नयाँ उपकरणमा दुई पटक एयरलिफ्ट गर्नुपर्दा उद्धार प्रयास सुस्त भएको छ ।

क्यामेरा सुरु हुनुअघि उद्धारकर्मीहरूले रेडियो प्रयोग गरेर भित्रका मानिसहरूसँग कुराकानी गरिरहेका थिए ।

“सबै कामदार पूर्णतया सुरक्षित छन्”, उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले एक विज्ञप्तिमा भने, “उनीहरूलाई सुरक्षितरूपमा छिट्टै बाहिर निकाल्न हामीले पूरा प्रयास गरिरहेका छौँ ।” उनले संकटका बारेमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरेको बताए । प्रधानमन्त्री मोदीले कामदारलाई बाहिर निकाल्नु राज्य सरकारको ‘उच्च प्राथमिकता’ हुनुपर्ने बताएको उनले जानकारी दिए । रासस

स्पेनिस समलिङ्गी जोडीले जन्माए बच्चा, सिंगो युरोपमा पहिलो घटना

इकागज | मंसिर ५, २०८०

बार्सिलोना- स्पेनमा पहिलो पटक एक समलिङ्गी जोडीले बच्चालाई जन्म दिएका छन् । युरोपको इतिहासमा समलिङ्गी जोड...

प्यालेस्टाइनी बालबालिका र सर्वसाधरणको हत्या निन्दनिय : महासचिव गुटेर्रेस

इकागज | मंसिर ५, २०८०

न्युयोर्क- संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले प्यालेस्टाइनमाथि इजरायली हमलाले सर्वसाधरण मा...

गाजास्थित संयुक्त राष्ट्रसंघीय विद्यालयमा इजरायली आक्रमण, १२ प्यालेस्टाइनीको मृत्यु

इकागज | मंसिर ४, २०८०

गाजा - मध्य गाजाको अल-बुरेइज शिविरमा रहेको प्यालेस्टाइन शरणार्थीहरूका लागि युएन रिलिफ एण्ड वर्क्स ए...

अस्पताल खाली गर्ने निर्देशनपछि गाजाबाट उद्धार गरिएका २९ शिशुलाई इजिप्ट ल्याइयो

इकागज | मंसिर ४, २०८०

कायरो - इजरायल र प्यालेष्टिनी कट्टरपन्थी इस्लामिक समूह (हमास) बीच युद्धको केन्द्रबिन्दु बनेको गाजाको ...

यमनका विद्रोहीद्वारा इजरायली व्यापारीको स्वामित्वमा रहेको पानीजहाज कब्जा

इकागज | मंसिर ४, २०८०

यमन - यमनका इरान समर्थित हुथी विद्रोहीहरूले उनीहरूले लाल सागरमा एक इजरायली व्यवसायीको स्वामित्वमा...

गाजामा मानवीय संकट रोक्न विश्वले ‘तुरुन्त कदम चाल्नुपर्छ’– चिनियाँ विदेशमन्त्री

इकागज | मंसिर ४, २०८०

बेइजिङ - चिनियाँ विदेशमन्त्री वाङ यीले सोमबार अरब तथा मुस्लिम बहुल राष्ट्रका कूटनीतिज्ञहरूको भ्रमण ...