विश्व

भारतको चार प्रदेशको विधानसभाको प्रारम्भिक नतिजा, बिजेपीलाइ टक्कर दिदैँ कांग्रेसको कमब्याक

इकागज | मंसिर १७, २०८०

नयाँ दिल्ली - मध्यप्रदेश, छत्तीसगढ, राजस्थान र तेलंगानाको राजनीतिक प्रतिस्पर्धापछि सत्ता कसको हातमा हुन्छ भन्ने तस्विर आज स्पष्ट हुनेछ । 

उम्मेदवारदेखि जनतासम्म सबैको नजर आजको नतिजामा छ । साँझसम्म सबै विधानसभा सिटको अवस्था स्पष्ट हुनेछ । अहिले मतगणनाको पहिलो ट्रेन्ड आइसकेको छ । पहिलो एक घण्टाको मतगणना पछि कुन प्रदेशको प्रवृत्तिमा को अगाडि छन् भन्ने जानकारी राखौं । 

मध्य प्रदेश
मध्य प्रदेशमा १४९ सिटको पहिलो ट्रेण्ड बाहिर आएको छ । पहिलो ट्रेन्डमा भाजपा ७२ सिटमा अगाडि छ भने कांग्रेस पनि ७५ सिटमा अगाडि छ । दुई पार्टीबीच कडा प्रतिस्पर्धा छ । अन्य दल २ सिटमा अगाडि छन् । 

छत्तीसगढ
छत्तीसगढमा ७२ सिटका लागि नतिजा देखा परेको छ। यहाँ पहिलो ट्रेन्डमा कांग्रेस अगाडि छ भने भाजपा २८ सिटमा अगाडि छ । कांग्रेस ४४ सिटमा अगाडि छ । अहिलेको नतिजाले कांग्रेस र भाजपाबीच प्रतिस्पर्धा देखाउँछ। यसमा कुनै तेस्रो पक्षको नेतृत्व देखिँदैन ।

राजस्थान
राजस्थानका सबै १९९ सिटको नतिजा सार्वजनिक भएको छ । पहिलो ट्रेन्डमा भाजपा १०० सिटमा अगाडि छ भने कांग्रेस ९० सिटमा अगाडि छ । अहिलेको प्रवृत्तिले कांग्रेस र भाजपाबीच प्रतिस्पर्धा देखाउँछ। अन्य दलका उम्मेदवार १९ सिटमा अगाडि छन् । 

तेलंगाना
तेलंगानामा १०३ सिटको ट्रेन्ड आएको छ । पहिलो ट्रेन्डमा कांग्रेस ६० सिटमा अगाडि छ भने बीआरएस ३३ सिटमा अगाडि छ । यहाँ भाजपा ३ सिटमा अगाडि छ । अन्य दल ७ सिटमा अगाडि छन् ।

 निर्वाचन कहिले र कहाँ भयो ?
छत्तीसगढमा दुई चरणमा निर्वाचन भएको थियो । पहिलो चरणमा नोभेम्बर ७ मा २० सिटका लागि मतदान भएको थियो । यसपछि १७ नोभेम्बरमा छत्तीसगढका बाँकी ७० सिट र मध्य प्रदेशका २३० सिटमा मतदान भएको थियो । राजस्थानमा ३० नोभेम्बरमा १९९ सिटका लागि मतदान भएको थियो भने ३० नोभेम्बरमा तेलंगानामा ११९ सिटका लागि मतदान भएको थियो।

अमेरिकाले अन्तरिक्ष सम्पतिमा आक्रमण गरे 'युद्द घोषणा' मानिने उत्तर कोरियाको चेतावनी

इकागज | मंसिर १७, २०८०

प्योङयाङ - उत्तर कोरियाले आफ्नो अन्तरिक्ष सम्पतिमा हस्तक्षेप नगर्न चेतावनी दिएको छ ।  संयुक्त ...

अमेरिकाद्वारा हरित जलवायु कोषका लागि तीन अर्ब अमेरिकी डलर सहयोग

इकागज | मंसिर १६, २०८०

दुबई- उपराष्ट्रपति कमला ह्यारिसले संयुक्त राष्ट्रसङ्घको कोप-२८ सम्मेलनमा संयुक्त राज्य अमेरिकाले विश्वव्...

जलवायु परिवर्तनबाट पीडित देशलाई अमेरिकासहित पाँच देशले कति गरे सहयोग ?

इकागज | मंसिर १६, २०८०

जलवायु परिवर्तनको ठूलो असर भोगिरहेका देशहरूलाई सहयोग गर्न जलवायु क्षति कोष स्थापना भएको छ । संयुक्त रा...

कोप २८ : किन अस्वीकार गरे तीन देशका राष्ट्रपतिले बेलारूसी नेता लुकाशेन्कोसँग फोटो खिच्न ?

इकागज | मंसिर १६, २०८०

लिथुआनिया- पोल्याण्ड, लाट्भिया र लिथुआनियाका राष्ट्रपतिहरूले बेलारूसका नेता अलेक्जेन्डर लुकासेन्कोको उपस्थ...