विश्व

जर्मनीमा एक व्यक्तिले अन्धाधुन्दा गोली चलाउँदा विमानस्थल बन्द, २७ फ्लाइट रद्ध

इकागज | कात्तिक १९, २०८०

जर्मन - जर्मनीको ह्याम्बर्ग एयरपोर्टमा एक कार सवारी चालकले हावामा गोली चलाएर सो क्षेत्रमा सनसनी मच्चाएका छन् ।  

शनिबार राती ८ बजे एक कार सवारले ब्यारियर तोडेर विमानस्थलको मैदानमा प्रवेश गरी दुई पटक हावामा गोली चलाएपछि विमानस्थलमा खैलाबैला मच्चिन पुगेको हो । 

उक्त कार सवारको कार्यका कारण ह्याम्बर्ग एयरपोर्टमा हलचल मच्चिएको थियो । यसपछि लगत्तै विमानस्थल बन्द गरियो । प्रहरीले भने कोही पनि घाइते नभएको तर विमानस्थलले तत्कालका लागि उडान र अवतरणका लागि बन्द गरेको घोषणा गरेको थियो ।  गोली हानेपछि व्यक्तिले कारबाट दुई वटा जलिरहेको बोतल फ्याँकेको प्रहरीले जानकारी दिएको छ ।

जर्मन प्रहरी प्रवक्ताले आक्रमणकारीको कारमा एक बालक पनि रहेको बताए । यस अवधिमा विमानस्थल बन्द भए पछि करिब २७ उडानहरू केही समयका लागि रद्ध गर्नु पर्दा पुरै प्रभावित भएका छन् । 

जर्मन संघीय प्रहरीका प्रवक्ता थोमस गेर्बर्टले ३५ वर्षीय आक्रमणकारीकी श्रीमतीले उनको श्रीमानले आफ्नो ४ वर्षको बच्चालाई अपहरण गरेको जानकारी दिएकी थिइन् । त्यसपछि प्रहरी कारबाहीमा परेपछि विमानस्थलभित्र आक्रमण गर्ने व्यक्ति उनी नै भएको खुलासा भएको थियो ।

गाजाको मानवीय संकट सम्बोधन गर्न चेतावनी दिँदै ह्वाइट हाउस अगाडि विशाल प्रदर्शन

इकागज | कात्तिक १९, २०८०

वासिंगटन डिसी - गाजामा मानवीय अवस्था बिग्रँदै गएपछि इजरायल र हमासबीचको शत्रुतामा युद्धविराम...

भारतीय प्रधानमन्त्री मोदीद्वारा भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त, सम्भावित सबै सहयोगको प्रतिबद्धता

इकागज | कात्तिक १८, २०८०

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो ...

सुडानको डार्फरमा २० भन्दा बढी महिला अपहरित : संयुक्त राष्ट्रसङ्घ

इकागज | कात्तिक १७, २०८०

जेनेभा- सुडानको पश्चिमी डार्फर क्षेत्रको अवस्था दिनप्रतिदिन बिग्रँदै गएको र महिला तथा बालिकालाई अपह...

न्युजिल्यान्डका प्रधानमन्त्रीले तीन–दलीय गठबन्धन सरकार बनाउने

इकागज | कात्तिक १७, २०८०

वेलिङ्टन- शुक्रबार अन्तिम चुनावी परिणाममा पूर्ण बहुमत हासिल गर्न असफल भएपछि न्युजिल्यान्डमा नयाँ प्रधानमन्त्...

सियारन आँधीले बेलायतमा ठूलो मात्रामा बिजुली कटौती, विद्यालय बन्द

इकागज | कात्तिक १७, २०८०

युनाइटेड किंगडम (बेलायत) को दक्षिणी भागहरूमा बिहीवार हजारौं घरहरू बिजुलीविहीन भएका छन् । तुफान सिया...