विश्व

ट्याङ्करमा आगलागी हुँदा फिलिपिन्समा २ जनाको मृत्यु, २ बेपत्ता

इकागज | कात्तिक ५, २०८०

मनिला- मनिलाको दक्षिणमा रहेको बटाङ्गस प्रान्तमा आइतबार लङ्गरमा राखिएको मोटर ट्याङ्करमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको  छ ।

स्थानीय समय अनुसार बिहान ९ बजे मोटर ट्याङ्कर सी हर्स नामक जहाजमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको फिलिपिन्स कोस्ट गार्डले जानकारी दिएको छ । दुई घण्टापछि दमकलको सहायताले आगो निभाइएको थियो ।

पोर्ट अफ बटाङ्गासका प्रबन्धक जोसेलिटो सिनोक्रजले दिएको पछिल्लो जानकारी अनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता छन् ।

सिनोक्रजले रेडियो अन्तर्वार्तामा बताए अनुसार ट्याङ्कर भेसलभित्र दुई वटा शव भेटिएको थियो । जहाजमा आगो लाग्दा सात जना मानिस त्यहाँ रहेको बुझिएको छ ।  घटना हुँदा ट्याङ्कर रित्तो रहेको पनि उनले जानकारी दिएका छन् ।

आगलागीको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ । रासस-सिन्ह्वा

दक्षिण कोरियामा माछा मार्ने डुङ्गा पल्टिँदा चार जनाको मृत्यु

इकागज | कात्तिक ५, २०८०

सियोल- दक्षिण कोरियाको दक्षिण पश्चिमी तटमा आइतबार माछा मार्ने डुङ्गा पल्टिँदा चार जनाको मृत्यु भएको छ । ...

कर्मचारीले पिसाब गरेको भिडियो सार्वजनिक भएपछि बियर कम्पनीद्वारा अनुसन्धान सुरु

इकागज | कात्तिक ५, २०८०

बेइजिङ- यसै साता कारखानाका एक कर्मचारीले कच्चा सामग्रीमा पिसाब गर्दै गरेको भिडियो भाइरल भएपछि ची...

गाजा युद्धमा मृत्यु हुनेको सङ्ख्या ४ हजार १३७ पुग्यो : हमास स्वास्थ्य मन्त्रालय

इकागज | कात्तिक ३, २०८०

गाजा स्ट्रिप- इजरायलले प्यालेस्टिनी एन्क्लेभमा बमबारीपछि गाजा पट्टीमा कम्तीमा ४ हजार १३७ व्यक्तिको मृत्...

गाजा चर्चमा भएको इजराइली आक्रमणमा थुप्रैको मृत्यु भयो : हमास

इकागज | कात्तिक ३, २०८०

गाजापट्टी, प्यालेस्टिनी अधिनस्थ क्षेत्र- बिहीबार अबेर भएको इजराइली हमलामा गाजामा एउटा चर्चमा आश्रय लिएर ब...

गाजा पट्टी इन्धन आपूर्तिमा अवरोध नगर्न इजरायलसँग डब्ल्यूएचओको आग्रह

इकागज | कात्तिक ३, २०८०

जेनेभा- विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले इजरायललाई गाजा पट्टीमा इन्धन लैजान अनुम...