विश्व

अमेरिकी अरब सहयोगीहरू इजरायलको द्वन्द्व फैलियोस् भन्ने चाहँदैनन् : ब्लिन्केन

इकागज | असोज २९, २०८०

कायरो, इजिप्ट- अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गाजा पट्टीमा हमाससँग इजरायलको द्वन्द्व रोक्न संयुक्त राज्य अमेरिकाका अरब सहयोगीहरू एकमत रहेको बताउनुभएको छ । 

इजिप्टबाट इजरायल प्रस्थान गर्नुअघि ब्लिन्केनले यस क्षेत्रका सात वटा देशको भ्रमणपछि पत्रकारसँग भन्नुभयो, “म गएको हरेक देशमा द्वन्द्व नफैलियोस् भन्ने दृष्टिकोण रहेको छ । मेरो भ्रमणको उद्देश्य त्यहाँका सरकारको राय के छ बुझ्नु थियो ।”

उहाँले भन्नुभयो, “कसैले पनि आगोमा इन्धन थप्ने कुनै पनि काम गर्नु हुँदैन । यी सबै सहयोगी देशहरूसँगको मेरो कुराकानीबाट यो स्पष्ट भएको छ । 

उनीहरूले यो दृष्टिकोणलाई दृढतापूर्वक साझा गर्छन् र उनीहरूले आफ्नै सम्बन्धहरू प्रयोग गरेर द्वन्द्व नहोस भन्ने सुनिश्चित गर्न प्रयास गरिरहेका छन् ।”

गत अक्टोबर ७ मा इजरायलको दक्षिणी भागमा प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास)ले गरेको आक्रमणमा एक हजार ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएपछि इजरायलले गाजापट्टीमा हमासको निशानामा आक्रमण गर्दै आएको छ ।

इजरायली हवाई आक्रमणमा गाजामा हमासका नेता, लडाकू र उनीहरूका लुकेका स्थानहरूलाई लक्षित गरी गरिएको हवाई आक्रमणमा परी दुई हजार ४५० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । (एएफपी)

कङ्गोमा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु, २६१ बेपत्ता

इकागज | असोज २८, २०८०

किन्शासा​- उत्तरपश्चिमी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) को इक्वेटुर प्रान्तस्थित कङगो नदीमा  ...

‘स्थिति नियन्त्रणको सुनिश्चितता कसैले पनि गर्न नसक्ने’ इरानको चेतावनी

इकागज | असोज २८, २०८०

दोहा - इरानले गाजा पट्टीमा इजरायली भूमि आक्रमणले मध्यपूर्वका अन्य स्थानमा द्वन्द्व बढाउन सक्ने चेतावनी...

एनआरएनएको युवा संयोजक उम्मेदवार अधिकारी भन्‍छन् : नयाँ पुस्तालाई व्यापक सहभागिता बढाउन पहल गर्नेछु

इकागज | असोज २८, २०८०

काठमाडौँ- वैदेशिक रोजगारीमा जान चाहने नेपालीलाई तालिम केन्द्र सञ्चालन गरिने एनआरएनएको आइसीसी युवा सं...

'खाडी पुगेका नेपालीले नेपालमा १० हजार लगानी गर्न सक्ने वातावरण बनाउनु छ'

इकागज | असोज २८, २०८०

काठमाडौँ- नेपालीको आँगनमा चाडपर्वको रौनक छाएको छ । आजदेखि हिन्दु धर्मावलम्बी नेपालीको घर-घरमा दसैँ भि...

राष्ट्रसंघले यौन दुर्व्यवहारको आरोपमा ९ शान्ति सैनिकलाई फिर्ता गर्दै

इकागज | असोज २८, २०८०

लागोस, नाइजेरिया- संयुक्त राष्ट्रसंघले यौन तथा अन्य दुर्व्यवहारको आरोपमा पूर्वी कङ्गोमा कार्यरत दक्षिण अफ्रि...