विश्व

अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प

इकागज | असोज २४, २०८०

काबुल - अफगानिस्तानमा बुधबार छ दशमलव एक रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) ले बताएको छ । आज बिहान ६ः११ बजे १० किलोमिटरको गहिराइमा भूकम्प गएको एनसीएसले उल्लेख गरेको छ ।

भूकम्पबाट अहिलेसम्म हताहतको कुनै समाचार आएको छैन । थप विवरणको प्रतीक्षा गरिएको छ । तानिबान नेतृत्वको मन्त्रालयलाई उद्धृत गर्दै खामा प्रेसले अफगानिस्तानको हेरात प्रान्तमा गत शनिबार गएको भूकम्पमा परी चार हजारभन्दा बढीको ज्यान गएको र हजारौँ आवासीय घर क्षतिग्रस्त भएको बताएको छ । 

शनिबार हेरातमा २० गाउँका एक हजार नौ सय ८३ घर क्षतिग्रस्त भएको अफगानिस्तानको तालिबान नेतृत्वको विपद् व्यवस्थापन मन्त्रालयले जनाएको छ । यद्यपि तालिबानले हेरातमा भूकम्पमा परी मर्ने र घाइतेहरूको विवरण खुलासाा गरेको छैन ।

तालिबान नेतृत्वको मन्त्रालयले सोमबार भूकम्प गएको क्षेत्रमा एक हजार व्यक्तिसहित ३५ राष्ट्रिय तथा विदेशी उद्धार तथा खोज कार्यमा रहेको जनाएको खामा प्रेसले बताएको छ ।

तालिबानले भग्नावशेषमा पुरिएका उद्धार र राहत कार्य जारी रहेको बताएको छ । हेरात भूकम्पका पीडितहरूलाई युरोपेली युनियन र विश्व स्वास्थ्य सङ्गठनले नगद, खाद्यान्न र चिकित्सा सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 
 

इजरायल–गाजा द्वन्द्वले मध्यपूर्वमा अमेरिकाको ‘असफलता’ देखाउँछ : पुटिन

इकागज | असोज २३, २०८०

मस्को - रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले इजरायल–गाजा द्वन्द्वले वासिङ्टनको मध्यपूर्व नीतिको &ls...

इजरायली आक्रमणमा ६८७ को मृत्यु, गाजामा एक लाख २३ हजारभन्दा बढी मानिस विस्थापित

इकागज | असोज २३, २०८०

जेरुसेलम - इजरायल–प्यालेस्टाइन द्वन्द्वमा गाजा पट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६...