विश्व

पाकिस्तानमा सडक दुर्घटना हुँदा १२ जनाको मृत्यु

इकागज | असोज २५, २०८०

काठमाडौँ- पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको खैरपुर जिल्लामा बुधबार साँझ भएको सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।

स्थानीय एक अधिकारीले दिएको जानकारी अनुसार खैरपुरको बाबर्लोई बाइपास क्षेत्रमा यात्रु भ्यान र कार एक आपसमा ठोक्किँदा सात जनाको घटनास्थलमै मृत्यु भएको  र  भने अन्य १६ जना घाइते भए बताए । सख्त घाइते ५ जनालाई अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको बताए ।

खैरपुर जिल्लाका उप–आयुक्त अहमद फवाद साहले घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्नसक्ने बताए । प्रारम्भिक विवरणमा बताइएअनुसार यात्रुवाहक भ्यान सुक्कुरबाट खैरपुरतर्फ जाँदै गर्दा विपरीत तर्फबाट आउँदै गरेको कारसँग ठोक्किएको थियो । 

इजराइल–हमास द्वन्द्वका बीच अमेरिकी विदेशमन्त्री ब्लिंकेन तेल अविवमा

इकागज | असोज २५, २०८०

तेल अविव - अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन अधिकारीहरूसहितको एक टोलीसँगै बिहीबार तेल अविव आ...

हमासका बन्धकलाई मुक्त गर्न मध्यस्थता गर्न कतारसँग जर्मनीको आग्रह

इकागज | असोज २४, २०८०

बर्लिन - प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि गरेको अकस्मात आक्रमणका क्रममा बन्धक बनाइएका व्यक्त...