विश्व

वन्यजन्तु अपराधमा नब्बे हजार पक्राउ

इकागज | फागुन १३, २०७९

बेइजिङ - चिनियाँ प्रहरीले वन्यजन्तु अपराधमा संलग्न भएको अभियोगमा ९० हजार जनालाई पक्राउ गरेको छ । एक जना सार्वजनिक सुरक्षा अधिकारीका अनुसार प्रहरीले सन् २०२० देखि २०२२ सम्म वन्यजन्तुसँग सम्बन्धित ७० हजारभन्दा बढी आपराधिक मुद्दाको अनुसन्धान  गरेको छ भने सोही अवधिमा ९० हजार जनालाई सोही प्रकृतिको अपराधमा पक्राउ गरिएको हो । 

बितेका तीन वर्षमा १३ लाख सात हजार वन्यजन्तु तथा एक लाख ८० हजार किलोग्राम वन्यजन्तुजन्य वस्तु बरामद भएका सार्वजनिक सुरक्षा मन्त्रालयअन्तर्गतको खाद्य तथा लागूऔषध अपराध अनुसन्धान विभागका प्रमुख ल्यु वुकिनले शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा बताए । उक्त अवधिमा मन्त्रालयको अनुसन्धानमा रहेका सबै एक सय ५० मुद्दा निरुपण गरिएको जानकारी उनले दिए । यो 'वन्यजन्तुसम्बन्धी अपराध अन्त्य गर्न दुई वर्षअघि देशव्यापीरूपमा थालिएको अभियानको परिणामको हो,' उनले सञ्चारकर्मी माझ भने । 

अभियानअन्तर्गत राष्ट्रिय निकुञ्ज, चिडियाखाना, सर्कस, पशुपालन र प्रचार क्षेत्रलाई लक्ष्य गरी अनुसन्धान गरिएको तथा त्यस क्रममा गैरकानुनीरूपमा पालिएका एक लाख २० हजारभन्दा बढी वन्यजन्तुलाई मुक्त गरिएको विभागले जनाएको छ । 
रासस

रूसको सदस्यता निलम्बन

इकागज | फागुन १३, २०७९

पेरिस- विश्वव्यापी सम्पत्ति शुद्धीकरण विरोधी निगरानी संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले युक्र...

अमेरिकाले गर्‍यो युक्रेनलाई दुई अर्ब डलर बराबरको सैन्य सहयोग घोषणा

इकागज | फागुन १२, २०७९

वासिङ्टन - अमेरिकाले युक्रेनलाई दुई अर्ब डलर बराबरको सैन्य सहायता उपलव्ध गराउने घोषणा गरेको छ । युक्रेन...

युक्रेनबाट निःशर्त रुसी सेना फिर्ता गर्न राष्ट्रसंघको अनुरोध

इकागज | फागुन १२, २०७९

संयुक्त राष्ट्रसंघ - युक्रेनबाट आफ्ना सेना निःशर्त फिर्ता गर्न आह्वान गर्दै संयुक्त राष्ट्रसंघले समग्रतामा...

भूकम्पपछि टर्कीद्वारा निर्माण व्यवसायीमाथि अनुसन्धान सुरु

इकागज | फागुन १२, २०७९

अङ्कारा- टर्की सरकारले गुणस्तरहीन भवन बनाएका पाँच सय ६४ निर्माण व्यवसायीमाथि अनुसन्धान थालेको छ । गृहमन्...

ताजकिस्तानमा शक्तिशाली भूकम्पको धक्का, चीनको सीमानजिकै केन्द्रविन्दु

इकागज | फागुन ११, २०७९

काठमाडौं - ताजकिस्तानमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान स्थानीय समयअनुसार ८ बजेर ३७...