विश्व

सुडानका ४० लाख बालबालिकालाई कुपोषण

इकागज | फागुन १५, २०७९

संयुक्त राष्ट्रसङ्घ- संयुक्त राष्ट्रसङ्घले सुडानका कम्तीमा पनि ४० लाख बालबालिकामा कुपोषणको समस्या रहेको जनाएको छ ।संयुक्त राष्ट्रसङ्घीय एक प्रतिवेदनमा सुडानका महिला र बालबालिका गरी कम्तीमा पनि ४० लाखमा यस्तो समस्या रहेको पाइएको बताइएको छ ।

सो प्रतिवेदनमा सन् २०२३ सम्ममा सुडानका पाँच वर्ष मुनिका बालबालिका र गर्भवतीमा यस्तो समस्या रहेको र उनीहरुलाई सहयोगको आवश्यकता रहेको बताइएको हो ।
तीमध्ये छ लाख ११ हजार जना बालबालिका चरम कुपोषणमा रहेका संयुक्त राष्ट्रसङ्घीय अधिकारीहरुले जनाएका छन् ।  

केही समयदेखि आन्तरिक राजनीतिक समस्यामा फसेको सुडानमा धेरै समयदेखि आर्थिक समस्याहरु देखिँदै आएको छ । जसका कारण यहाँका नागरिक समस्यामा परेका छन् ।

खडेरी, आर्थिक मन्दी, खाद्य असुरक्षा आदिका कारण यहाँका लाखौँ लाख नागरिक विस्थापित भएर बसेका छन् । विस्थापित भएका अरु दशौँ लाख मानिसलाई मानवीय सहायताको खाँचो रहेको पनि बताइएको छ ।
संयुक्त राष्ट्रसङ्घले यहाँ मानवीय सहयोगका कार्यक्रमहरु सञ्चालन गरिरहेको भए पनि यसबाट पर्याप्त नरहेको पाइएको समाचार जनाइएको छ । (सिन्ह्वा)

इटालीमा डुङ्गा डुब्दा मृत्यु हुने आप्रवासीको सङ्ख्या ४३ पुग्यो

इकागज | फागुन १४, २०७९

इटाली - इटालीको दक्षिणी क्यालाब्रिया क्षेत्रको समुन्द्र आएको आँधीका कारण आइतबार बिहान डुङ्गा डुब्दा केही म...

रूसका उच्च अधिकारी, बैंक र व्यापारीमाथि ईयूको नयाँ प्रतिबन्ध

इकागज | फागुन १४, २०७९

ब्रसेल्स- युक्रेनमा रूसले युद्धलाई समर्थन गरेको, प्रोपोगान्डा फैलाएको वा ड्रोन आपूर्ति गरेको र सशस्त्र बलले ...

युक्रेनी सैनिकको सम्मानमा बेलायती प्रधानमन्त्री डाउनिङ स्ट्रिटमा उभिए

इकागज | फागुन १४, २०७९

लन्डन- प्रधानमन्त्री ऋषि सुनक रुसविरुद्धको लडाइँमा युक्रेनीहरूको बलिदानीलाई सम्मान गर्न बिहान डाउनिङ...

युक्रेनलाई दुई अर्ब डलर बराबरकाे सैन्य सहायता दिने अमेरिकाकाे घाेषणा

इकागज | फागुन १३, २०७९

बासिङटन डिसी- निरन्तर सहयोग गर्दै आएको अमेरिकाले युक्रेनलाई थप दुई अर्ब डलर बराबरको सैन्य सहायता उपलब्ध...

‘फ्रान्सका राष्ट्रपति म्याक्रोँले अप्रिलमा चीन भ्रमण गर्ने’

इकागज | फागुन १३, २०७९

पेरिस - फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले आगामी अप्रिलको सुरुमा चीन भ्रमण गर्ने र युक्रेनमा जारी युद्...