विश्व

जापानमा कोरोना संक्रमणका कारण एक महिनामा १० हजार बढीको मृत्यु

इकागज | माघ १५, २०७९

टोकियो - जापानमा कोरोना संक्रमणका कारण एकै महिनामा १० हजार बढीको मृत्यु भएको छ । शनिबार देशभर कोभिडका कारण २५२ जनाको मृत्यु भएको छ । योसँगै कोभिडका कारण जनवरी महिनामा १० हजारभन्दा बढीको  मृत्यु भएको हो ।    

प्रान्त सरकारहरूको विवरणअनुसार जनवरीको २८ तारिक शनिबारसम्म यो महिनामा १० हजार १२४ जना बिरामीको मृत्यु भएको छ । केही महिना अघिदेखि कोरोना संक्रमितको संख्या बढेसँगै  मृत्यु हुनेको संख्या बढेको हो। एकै महिमामा १० हजार बढीको मृत्यु भएको यो पहिलो पटक हो । 

डिसेम्बरमा महिनामा ७ हजार ६०० जनाको मृत्यु भएको थियो । जनवरीको अन्तिम साता भनें दैनिक रूपमा थपिने  नयाँ संक्रमितको संख्या केही घटेको छ । जापानले मे महिनादेखि कोरोनाको संक्रमणको स्तरलाई घटाएर मौसमी रुघाखोकीको स्तरमा राख्ने भएको छ ।

समयअगावै  निर्वाचन गराउन राष्ट्रपतिले गरेको अनुरोध अस्वीकार

इकागज | माघ १४, २०७९

लिमा- पेरुको संसद्ले निर्धारित समयभन्दा पहिले नै आम निर्वाचन गर्न राष्ट्रपतिले गरेको अनुरोध अस्वीकार गरेक...

युरोप आउने आप्रवासनलाई व्यवस्थित गरौँ : युरोपियन मन्त्रीहरू

इकागज | माघ १३, २०७९

स्टकहोम- युरोपियन युनियनआबद्ध मन्त्रीहरूले नागरिकहरूको अवैध रुपमा हुने गरेको आप्रवासनलाई व्यवस्थित गर्नुप...