विश्व

अलेप्पोमा भवन भत्कँदा १३ जनाको मृत्यु

इकागज | माघ ८, २०७९

अलेप्पो - यहाँस्थित एउटा साततले भवन भत्कँदा पाँच जना बालबालिकासहित १३ जनाको मृत्यु भएको छ । उक्त भवनमा सात परिवार बसेका थिए । 

स्थानीयहरूका अनुसार उक्त भवनमा ३५ जनाको बसोबास  थियो । भग्नावशेषबाट एक जनालाई मात्र जीवित उद्धार गरिएको छ । गृह मन्त्रालयले मृतकको सङ्ख्या बढ्न सक्ने बताएको छ । एक दशकभन्दा लामो समयदेखि जारी युद्धका कारण उत्तरी जिल्ला अफ्रिनबाट जिल्लाबाट विस्थापित भएका सिरियाली उक्त भवनमा बस्दै आएका थिए । 

सिरियामा जारी द्वन्द्वमा परी करिब पाँच लाख नागरिकको ज्यान गइसकेको छ । अधिकांश विस्थापित सिरियाली संरचनागतरूपमा सुदृढ नभएका भवनमा बस्दै आएका छन् । गत सेप्टेम्बरमा अलेप्पो नजिकको फर्दवासमा भवन भत्कँदा तीन जना बालबालिकासहित दश जनाको मृत्यु भएको थियो । 


 

जापानको कोबेस्थित एक अपार्टमेन्टमा आगलागी, कम्तीमा चार जनाको ज्यान भयो

इकागज | माघ ८, २०७९

टोक्यो - जापानको पश्चिमी सहर कोबेमा अवस्थित एक अपार्टमेन्टमा आइतबार बिहानै भएको आगलागीमा परेर कम्तीमा प...

सिट बेल्ट नलगाएको भन्दै बेलायती प्रधानमन्त्रीलाई ५० पाउण्ड जरिवाना

इकागज | माघ ८, २०७९

लन्डन - बेलायती प्रहरीले प्रधानमन्त्री ऋषि सुनकलाई सिट बेल्ट नलगाई कारमा चढेको भन्दै जरिवाना सुनाएको छ ।...

रूसले मस्को क्षेत्रमा हवाई प्रतिरक्षा तालिम सञ्चालन गरेको दाबी

इकागज | माघ ७, २०७९

मस्को - रूसी रक्षा मन्त्रालयले शनिबार मस्को क्षेत्रमा हवाई आक्रमण रोक्नका लागि प्रशिक्षण अभ्यास गरेको जन...

चन्द्रमामा पाइला राख्ने दोस्रो व्यक्ति एल्ड्रिनले ९३ औं जन्मदिनमा गरे विवाह

इकागज | माघ ७, २०७९

लस एन्जेलस - चन्द्रमामा पाइला टेक्ने दोस्रो व्यक्ति अपोलो ११ का अन्तरिक्ष यात्री बज एल्ड्रिनले आफ्नो ९३ औ...