विश्व

घरको छाना खस्दा अफगानिस्तानमा चार जनाको मृत्यु, १८ घाइते

इकागज | माघ १७, २०७९

काबुल - अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा घरको छाना खस्दा चार जनाको मृत्यु हुनाका साथै अन्य १८ जना घाइते भएको प्रान्तीय प्रहरी प्रवक्ता मोहम्मद आसिफ वाजिरीले मंगलबार  जानकारी दिएका छन् । 

चरकेन्ट जिल्लाको पहाडी कोरिक गाउँमा सोमबार अबेर राति भएको उक्त दुर्घटनामा दुई बालबालिकासहित एकै परिवारका चार जनाको मृत्यु भएको थियो भने महिला तथा बालबालिकासहित १८ जना घाइते भएका थिए।

यस्तै घटनामा, पूर्वी कुनार प्रान्तको शिगल जिल्लामा आइतबार भारी हिमपातका कारण घरको छत भत्किँदा तीन बालबालिकाको मृत्यु भएको छ ।  सो दुर्घटनामा पीडितका आमाबाबु सहित छ जना घाइते भएको पनि प्रान्तीय सरकारी अधिकारी एहसानुल्लाह एहसानले उल्लेख गरेका छन् ।

युद्धग्रस्त अफगानिस्तानको ग्रामीण क्षेत्रमा प्रायः घरहरू  माटोले बनेका हुन्छन् जुन भारी हिमपात,  अविरल वर्षात् र अन्य यस्तै प्राकृतिक प्रकोपहरूको जोखिममा पर्ने गर्छन् ।
 

६ महिने भिसाका लागि अमेरिकासँग ब्राजिलका पूर्वराष्ट्रपतिको अनुरोध

इकागज | माघ १७, २०७९

ब्राजिल - ब्राजिलका पूर्वराष्ट्रपति जेर बोल्सोनारोले छ महिनाका निम्ति आफूलाई प्रवेशाज्ञा प्रदान गर्न अम...

अडानी कम्पनीको शेयर कारोबारमा गिरावट, तीन दिनमा गुम्यो ७१ अर्ब डलर

इकागज | माघ १७, २०७९

मुम्बई- भारतीय उद्योगी गौतम अडानीको कम्पनीले आफूमाथि लागेको ठगीको आरोप अस्वीकार गरेपनि लगानीकर्ताहरूला...

हमलापछि इरानबाट अजरबैजानी दूतावासका कर्मचारी र परिवारका सदस्यहरू निकालिए

इकागज | माघ १७, २०७९

तेहरान- अजरबैजानी दूतावासका कर्मचारी र उनीहरूका परिवारका सदस्यहरूलाई शुक्रबार दूतावासमा भएको घातक आत...

भारतका टीभी च्यानलहरूले दैनिक ३० मिनेट सन्देशमूलक कार्यक्रम प्रसारण गर्नुपर्ने

इकागज | माघ १७, २०७९

नयाँदिल्ली- भारतको सूचना तथा प्रसारण मन्त्रालयले सोमबार निजी प्रसारणकर्ताहरूलाई हरेक दिन ३० मिनेट सार्वज...